रुपन्देही – नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ को तेर्सो युबा सम्मेलन सम्पन्न भएको छ । तेस्तै प्रमुख अतिथि बिष्णु रिमाल रहनु भएको कार्यक्रममा, बिष्णु लम्सालको अध्यक्षतामा बन्द सत्र कार्यक्रम संचालन गरि राजधानीमा सम्पन्न भएको सम्मेलनले ४ बर्षको लागि सन्तोष पुडाशैनीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा कमिटी सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा सन्तोष केसी, सचिवमा कविता महत, सह–सचिव राजन निरौलालाई चयन गरेको छ ।
त्यस्तै प्रदेश तर्फ केन्द्रीय सदस्यमा प्रदेश नम्बर ६ बाट अजय बर्मालाई केन्द्रीय सदस्यमा चयन भएका छन् । प्रदेश नम्बर २, ४, ५ र ७ मा क्रमशः सजय पोल, कविता नेपाली, शर्मिला थापा र डम्बर दियाकोटी चयन भएका छन् । तेस्तै कार्यक्रमको संचालन युवा कमिटी सचीव भोजन कोइरालाले गर्नु भएको थियो , उक्त अधिबेशन युवा कमिटी उपाध्यक्ष निलम ढुङगेलले स्वागत मन्तव्य , राष्ट्रिय कमिटीका सदस्य तथा बुटवल उप महानगरपालिका उपमेयर गोमा देवि आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उपाध्यक्षयमा निर्वाचित भए पछि सन्तोष केसिले अफुलाइ निर्वाचित गराउन महत्त्वपूर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद दिनु भयो । प्रत्यक्ष ,अप्रत्यक्ष सहयोग गर्नलाई पनि धन्यवाद दिनु भयो । तेस्तै उहाले आफूले पाएको जिम्मेवारी कुसलतापुर्बक निभाउने बताउनु भयो । सन्तोष केसिले युवाहरुको संस्था रहेको हुँदा आफुले युवाहरूको लागि केही गरेर देखाउने बताउनु भयो । उहाले सहि र गलत छुटयाउदै काम गर्न बताउनु भयो । तेस्तै अब श्रमिक क्षेत्रमा रहेका सम्पुर्ण युबा हरुलाई ट्रेड युनियनमा आवद्ध गराउनु अबको निर्वाचित युबा कमिटीको प्रमुख लक्ष्य हुने उपाध्यक्ष सन्तोष केसिले बताउनु भयो ।
Sorce:newsparda.com