आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

बिप्लव नेतृत्वको नेकपाद्धारा फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते, आईतवार १५:४७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् । राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारु गिरफ्तार परेपछि महासचिव विप्लवले त्यसको कडा शब्दमा निन्दा गरेका छन् । ‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ ।’ महासचिवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

अाेलीको सरकारी काम नै जनता र पार्टीमाथि दमन गर्नु भएको सन्देश बिराटनगर घटनाले प्रष्ट पारेको उनको भनाई छ । नैतिकताहिन धरपकड रोकेर रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शत मुक्त गर्न महासचिव विप्लवले चेतावनी दिएका छन् । ‘आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं । उनले भनेका छन् ।

नेता कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द हुने उनको चेतावनी छ। ‘यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।’ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु