एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

एनआरएन बेल्जियमको पहलमा रौतहटका शीतलहर पीडितलाई कम्बल वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते, सोमबार १०:२६

रौतहट-रौतहटको शीतलहर पीडितहरुलाई एनआरएन बेल्जियमद्धारा न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खाप टोलमा १ सय ५०, राजदेवी नगरपालिका वडा नम्बर ९ को २० तथा फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ भटी राङ्गी मुसहर बस्तीमा ५० जना बृद्ध, असहाय, असक्त, गरिब, दलित, अपाङ्गलाई न्यानो कम्बल वितरण गरिएको छ ।

गैर आवासीय नेपाली संघ बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालको आव्हानमा बेल्जियममा रहेका नेपालीहरुबाट संकलन गरि प्राप्त भएको रकमबाट राहत स्वरुप पठाइएको उक्त न्यानो कपडा सहयोग गरिएको हो । हालै भएको शीतलहरका कारण नेपालको मध्य तराईमा दर्जनौले ज्यान गुमाएका तथा पीडित भएकालाई एनआरएन बेल्जियमको मानवीय सहयोग कार्यक्रम अन्तर्गत एनआरएनकै आव्हानमा स्थानीय रुपमा रकम पठाइएको छ ।

राहत सामाग्री वितरण गर्ने कार्यमा सदैव सहयोग पुरयाउने मधेश प्रदेश मिडिया प्रा.लि तथा रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष युवा अभियन्ता अभिमनु कुमार पटेलले पीडितहरु समक्ष उक्त राहत सामग्री पुरयाएको थियो ।शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको थियो ।संस्थाका अध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता दीपेन्द्र के.सी., महासचिव आडमाया लामा र शितलहर पिडितलाई सहयोग जुटाउने कार्यमा विषेश भुमिका निर्वाह गर्नु भएका हाम्रो क्लब बेल्जियमका अध्यक्ष रमेश कंडेललाई रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष पटेलले सहयोगका लागि विषेश अभार व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु