सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

‘स्नो मञ्जुश्री बिद्यालय’को चौथौ बाषिकोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते, सोमबार १०:३५

काठमाडौं – मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने समस्यालाई मध्यनजर गर्दे स्थापना गरिएको ‘स्नो मञ्जुश्री बिद्यालय’ले चौथौ बाषिकोत्सव मनाएको छ । काठमाडौको स्वयम्भुमा रहेको बिद्यालयले आर्थिक अभाव भइ पढ्न लेख्न नपाएका बिद्यार्थीहरुलाई अध्यापना गराउदै आएको छ । समाजसेवी सोनाम घ्याल्चे घलेले स्थापना गर्नुभएको बिद्यालयमा हाल कक्षा ५ सम्म ९० बिद्यार्थी अध्ययनरत छन् । मञ्जुश्री बिद्यालय सुरु गर्दा १२ रहेका थिए ।

बाषिकोत्सव कार्यक्रममा काग्रेसका नेता एवं पूर्वमन्त्री टेक वहादुर गुरुङले असाहय बालबालिकाका लागी सुरु गरिएको शिक्षाको अभियान सकारात्मक भएको भन्दै जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताउनुभयो । त्यस्तै बिद्यालयका निर्देशक सोनाम घ्याल्चे घलेले आफुले अन्य संस्थाहरुसंग सहयोग माग्दै बिद्यालय सञ्चालन गरिरहेको बताउनुभयो । उहाले आगामी दिनमा बाल्यकाल अन्धकार भएका बालबालिकालाई बिद्यालयले शिक्षाको उज्यालो ज्योति दिने कामलाई निरन्तरता दिने उल्ल्ेख गर्नुभयो ।

मनाङ जिल्लाको नार्फू गाउँपालिकामा जन्मिएका र उर्किएका सोनाम घ्याल्चे घले (लामा डोन्डुप) ले गाउँमा अभाव नभोगेपनि देखेका थिए। पढ्ने उमेरका बालकालिका श्रम गर्न बाध्य भएका देखेका उनले तीनै कलिला बालिकाको भविष्य उज्याउने बनाउने अभियानामा जुटेका छन्।मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने गरिवी, अविश्वासलाई नजिकबाट नियालेका सोनामले संस्था स्थापना गरेर सामाजिक काम गरिरहेका छन् नै ।

तर संस्थालाई निरन्तरता दिन र बालबालिकाको भविष्यलाई उज्यालो बनाउन भने धेरै मेहनत गरेका छन् । नियमित आयस्रोत नभएका कारण बालबालिकाको भविष्यको चिन्ताले भने सताउने गर्छ। सोनामले आफ्ना नजिकका र साथीभाइसँग सहयोग मागेर स्कुल चलाइरहेका छन् । बिद्यालय सञ्चालनका लागी कर्मा घले टेक वहादुर गुरुङ , बोघाङचाम रिम्पोेचे लगाएतले सयोग गरेका छन् । कार्यक्रममा बिभिन्न सास्कृति कार्यक्रम लगाएत खेलकुलका कार्यक्रम आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु