दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

बानेश्वरकी चियावालीः जसले घर धान्न रातभरी चिया बेच्छिन्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ७, सोमबार ११:२९

सुरक्षा भट्टराई/ काठमाडौँ – राजधानीको नयाँबानेश्वर चोक पुग्दा रातीको दश बजिसकेको थियो । बजार लगभग बन्द भइसकेको थियो । तर, कोटेश्वरतर्फ जाने मदन भण्डारी मार्गको छेउमै रहेको चिया पसलमा भने चहलपहल थियो ।
एक जना अधबैंसे महिला चिया बेच्दै थिइन् । हामी पनि त्यहाँ चिया पिउनकै लागि पुगेका थियौं अनौपचारिक संवादकै क्रममा ती महिलाले खुलाइन् उनी त्यहाँ रातभर चिया बेच्ने गर्छिन् ।

रात परेदेखि बिहान ६ बजेसम्म चिया बनाएरै बिताउने ती महिलाको दैनिकी रोचक लागेपछि हामीले चासो दियौं । नाम गोमा थापा मगर, घर हेटौंडा हाल काठमाडौँमा छोरा छोरी र श्रीमान सँग बस्दै आएकी । ती चियावाली दिदीको संक्षिप्त परिचय यत्ति हो । श्रीमान्ले क्याटरिङको काम गदै आएका छन् । छोरीले स्नातक पढ्दै छिन् र छोराले १२ कक्षामा पढ्दै छन् । छोराछोरीलाई पढाउने र घर खर्च आफैले धान्दै आएको पनि उनले सुनाइन् ।

विगत दश वर्षदेखि चिया बेच्दै गर्दा उनले अनेकौं कष्ट सहेकी छिन्, अनेक किसिमका मानिसहरु भोगेकी छिन् । समाजले कुदृष्टिले हेर्ने गरेकोप्रति उनको गुनासो छ । यो दश वर्षमा आफूले निकै दु.ख भोगेको सुनाउँदै गर्दा दिदी भावुक भइन् । महिला भएर पनि आँट गरेर रातीको जाडो, निद्रा नभनेर उनले चिया बेच्दै आएकी छन् । उनै गोमा दिदीसँग डिसी नेपालले कुराकानी गरेको छ ।
हेर्नुस पूरा भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु