गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएका हुन्।
उनीसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ। उनीहरु दुबै जनाको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ।सिआइबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपि बसेको सूचना दिएपछि रूपन्देहीले सम्भावित ठाउँको खोजि गर्दै जाँदा बुधबार बिहान फेला पारेको एसपी ज्ञवालीले जानकारी दिए।अपराधका लागि मिटिङ गरिरहेको स्थानमा उनी भेटिएका हुन्। मारिएका हुन् । एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटनाको लागि नेपाल आएका थिए। उनीहरुको साथबाट प्रहरीले पेस्तोल हतियारसमेत बरामद गरेको छ।
रुपन्देही प्रहरी र सिआइबीको संयुक्त टोलीको कारबाहीमा उनी मारिएका हुन्। घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिको थियो, उपचारकै क्रममा उनको मृत्यु भएको ज्ञवालीले बताए। पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए।गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि शंलग्नता रहेको प्रहरीले जनाएको छ।गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए।३० बर्षिय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो ।
यसरी मारिए गुण्डा नाईके मनाेज Don Manoj Pun dead in Police Encounter Devdaha