फागुन १०, काठमाण्डौ । नेपालका लागि बंगलादेशकी महामहिम राजदूत मासपि बिन्ते सामले सन १९५२ मा बंगलादेशमा भएको भाषा आन्दोलनमा आफनो मातृभाषाको रक्षार्थ शहादत प्राप्त गरेका शहीदहरुको समझनामा प्रत्येक वर्षको २१ फरवरीमा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइएको बताउनु भयो ।
राजदूत बिन्ते सामले हिजो काठमाण्डौस्थित बंगलादेश राजदूतावास परिसरमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बंगलादेशबाट आएका कलाकार बिजन मिस्त्रीले देशभक्तिपुर्ण गीत संगै बंगलादेशका प्रख्यात कवि नजरुलको रचनामा आधारित गीत प्रस्तुत गरेका थिए .
उनीसंगै बंगलादेशबाट आएकी कलाकार झुमा तन्डुकारले कविगुरु रबिन्द्रनाथ ठाकुरको रचनामा आधारित रबिन्द्र सङ्गीत प्रस्तुत गरेकी थिइन ।
यसैगरी कार्यक्रम नेपाली कलाकार किशोर सेढाईle नेपाली भाषाको गीतको नेतृत्व गर्दै बंगली कलाकार बिजन मिस्त्री र गायिका झुमा तन्डुकारको संयुक्त गायनमा
बौद्ध भिक्षु आनी छोइङ्ग डोल्माको चर्चित गीत फुलको आँखामा फुल्यै संसार गीत प्रस्तुत गरि कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
“Linguistic diversity and multilingualism count for sustainable developement” नारा सहित यसपाली मनाइको अन्तराष्ट्रिय भाषा दिवसको अवसरमा नेपाल भाषा परिषदका नवीन चित्रकारको समन्वयमा विभिन्न कविहरुले नेपाली, नेपाल भाषा र तामाङ्ग भाषामा कविता वाचन गरेका थिए ।
सन २००० को फरवरी देखि नियमित विश्वभरि मनाउन थालिएको यो अन्तराष्ट्रिय मातृ भाषा दिवसको उद्येश्य संसारभर मातृभाषाको रुपमा रहेको भाषालाई सम्बर्धन र यसलाई सुरक्षित राखि संसराभर शान्ति कायम गर्न रहेको छ । सन १९५२ मा बंगलादेशमा भएको भाषा आन्दोलन र सो आन्दोलनको क्रममा मारिएका करिब ३० लाख बंगली भाषीको जीवन आहुतिको कदर स्वरुप युनेस्कोले सन १९९९ को नोभेम्बरमा आफनो साधारण सभाले सवै जात जातिको भाषाको सुरक्षास्वरुप हरेक वर्ष २१ फरवरीमा अन्तराष्ट्रिय मातृ भाषा दिवसको रुपमा मनाउन स्वीकृति दिएको हो ।
सन् १९७१ को २५ मार्च अघिसम्म पुर्वी पाकिस्ताको रुपमा रहेको र पाकिस्तानको अधिनमा रहेको बंगलादेश सन १९७१ को २५ मार्चमा बंगबन्धु शेख मुजिवर रहमानको नेतृत्वमा आन्दोलनमा सरिक भई एक छुटटै बंगला भाषीको देशको रुपमा पाकिस्तानको अधिनमा बाट मुक्त भई एक छुटटे राष्ट्रको रुपमा घोषित भएको थियो ।
कार्यक्रम पछि महामहिम राजदूत बिन्ते सामले सहभागी कलाकार तथा सहभागी
विभिनन भाषाभाषीका कविहरुलाई सम्मान गर्नु भएको थियो ।