कामनपा ४ वडामा नेपाल प्रहरीको जनचेतना मुलक कार्यक्रम ः (फोटो फिचर सहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते, शनिबार ०६:५७

 

फागुन १२, काठमाण्डौ । नेपाल प्रहरीको प्रहरी मेरो साथी (Police My Friend)कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टँुडालदेवीद्धारा आयोजित आगामी होली पर्वमा हुने लागु पदार्थ दुव्यर्सन तथा अवैध मादक पदार्थ बिक्रि वितरण सम्बन्धी जनचेतना मुलक अन्तक्रिया कार्यक्रममा बोल्दै


महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी बल उपरीक्षक (एस एस पी) विश्वराज पोखरेलले प्रहरीको सेवा निकै चुनौतिपुर्ण रहेको बताउँदै “जुन दिन आफनो गल्ती हुन्छ त्यो दिन आफनो बद्र्री खोलिन सक्ने उदघोष गर्नु भयो “ ।
महानगरीय प्रहरी परिसर काठाण्डौका प्रमुखको रुपमा भर्खरै पदबहाली गर्नु भएका प्रमुख पोखरेलले आफनो कार्यकालमा प्रहरी सेवालाई जन उत्तरदायी बनाउने र समाजमा शान्ति कायम गनर्’नै आफनौ मुख्य उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रममा  प्रहरी नायब उपरीक्षक योगेन्द्र थापाले पनि नेपाल प्रहरी समाजमा हरेक समय शान्ति कायम गर्न लागि पर्ने बताउँदै

आगामी होली पर्वमा जबरजस्तै होली दन्ले , लोाला हान्ने र होली पर्वमा हुने लागु पदार्थ र मदिरा सेवनलाई कडाईका साथ अनुगमन गर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै कामनपा वडा नं ४ का जन प्रतिनिधि वडाध्यक्ष मोहन बिष्टले आफनो वडा महाराजगन्ज र कमल पोखरी प्रहरी बृत्तको बीचमा रहेकाले आफनो वडा अरु वडाको तुलनामा शान्ति सुरक्षाका दृष्टिकोणले सुरक्षित रहेका बताउनु भयो ।

यसैगरी सोहि कार्यक्रममा बोल्दै आगामी फागुन ११ गते राजधानीको टँुडिखेलमा हुन गई रहेका “ Buddha Was Born In Nepal ”  अभियन्ता अक्कल बहादुर तामाङ्गले आगामी फागुन ११ गते टँुडिखेलमा एकसाथ ७५ हजार मानिसले बौद्धको सन्देश एकसाथ पाठ गरेर विश्व कीर्तिमान राख्ने तयारी गरेको बताउँदै कार्यक्रममा उपस्थित सवैलाई सो अभियानमा सहभागीको लागि अनुरोध गर्नु भयो ।
सोहि कार्यक्रमका संचालक तथा सामुदायिक प्रहरी सेवा केन्द्र टँुडालदेवीका सचिव राम प्रसाद नेउपानेले  प्रहरी मेरो साथी अन्तर्गत समय समयमा जन चेतना मुलक कार्यक्रम गर्दै आएको बताउनु भयो ।


कार्यक्रमलाई थप रोचक बनाउने क्रममा बालुवाटार सुविसुमा कार्यरत कुशल थापाले विभिन्न नेताहरुको क्यारिकेचर गरि कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
कार्यक्रममा नवनियुक्त महानगरीय प्रहरी परिसर काठाण्डौका प्रमुख एसएसपी विश्वराज पोखरेललाई सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले सम्मान पनि गरेको थियो ।वडा नं ४ का पुर्व वडाध्यक्ष अच्युत प्रसाद सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा वडाका पुर्व वडाध्यक्ष रत्नमान जोशी , वर्तमान ४ नं वडाका वडा सदस्यहरु धु्रब प्रसाद त्रिपाठी, दीनेश महर्जन र समाज सेवी कीर्तन कृष्ण भटटराई र वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु