काठमाण्डौ महानगरपालिकाकी उप प्रमुख जापान प्रस्थान ः

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार १६:३०

फागुन १२, काठमाण्डौ । जापान सरकारको निमन्त्रणामा काठमाण्डौ महानगरपालिकाकी उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठ जापानको एक साता भ्रमणका लागि आज त्यस तर्फ प्रस्तान गर्नु भएको छ । उप प्रमुख श्रेष्ठसंगै काठमाण्डौ महानगरपालिकाका प्रमुखको सचिवालय प्रमुख तथा निर्देशक नमराज ढकाल पनि त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।
जापान सरकारको वातावरण मन्त्रालयको निमन्त्रणामा जापानको Waste Management
सम्बन्धी अध्ययनको लागि उँहाहरु त्यस तर्फ जानु भएको हो । उहाँहरुले सो अध्ययन सम्बन्धमा जापानको टोकियो शहर र कावासाकी शहरको पनि भ्रमण गर्ने कार्यक्रम रहेका महानगरका सचिवालय प्रमुख नमराज ढकालले बताउनु भएको छ ।
उप प्रमुख एक साता पछि आगामी शनिवार काठमाण्डो फर्कने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु