रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

मधुवन महोत्सवमा कलाकारको घुँइचो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १५, मंगलवार ०५:२०

काठमाडौं- प्रदेश नम्बर ५ अन्तर्गतको बर्दियास्थित कुशुम्बा बजारमा नेपालका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन दिने भएका छन् । आगामी फागुन २० देखि २९ गतेसम्म हुने ‘मधुवन औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’मा अभिनेता निखिल उप्रेतीदेखि लोकदोहोरी गायक तथा कमेडियनको विशेष प्रस्तुति हुनेछ ।<br> <br> बर्दिया नगरपालिका अन्र्तगतको उद्योग वाणिज्य संघ कुशुम्बा बजारको आयोजनामा हुन लागेको महोत्सवमा अभिनेता निखिल उप्रेती, लोक गायिका देवी घर्ती, रामजी खाँड, बद्री पंगेनी, खुमन अधिकारी, पुष्कल शर्मा, दुर्गेश थापा, पूर्णकला बिसी, मिष्टर आरजे, रमेशराज भट्टराई, चक्र बम, गोपाल नेपाल, टंक तिमल्सिना, भूमिका गिरी, अर्जुन कौशल र हाँस्य कलाकारद्वय प्रकाश कँडेल ‘गुलेली कान्छा’ र बलराम सरकार ‘जादुगर’को विशेष प्रस्तुति हुनेछ ।

मधुवन नगरपालिका, जिल्ला समन्वय समितिसँगको सहकार्यमा हुने महोत्सवको सञ्चालन सञ्चारकर्मी श्यामहरि शिवभक्ति र भीमप्रसाद पौडेलले गर्नेछन् । ‘देश निर्माणमा उद्योग व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता’ नाराका साथ हुने महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि हुनेछ । जुन प्रतियोगिताको विजेतालाई २५ हजार रुपैंयाँले पुरस्कृत गरिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु