केशव भण्डारी/बुटवल-प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलको सुन्दरता बढाउन सफाई अभियान सुरु भएको छ ।बुटवलका सबै नाकादेखि मुख्य राजमार्ग क्षेत्रमा सफाई अभियान सुरु गरिएको हो ।सफा र सुन्दर बुटवल भन्ने नारा सहित प्रजातन्त्र दिवससँगै शुरु भएको अभियान अहिले जारी छ ।स्वच्छ र वातावरणमैत्री शहर बनाउन बुटवल प्रवेशका सवै नाकादेखि मुख्य राजमार्ग क्षेत्रमा सरसफाई अभियान तिव्र पारिएको बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले बताए ।
मुख्य बजार क्षेत्र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रालयसहितका कार्यालय क्षेत्र हुँदै भित्री सडकहरुमा पनि सफाई अभियान चलाउने तयारी गरिएको र यो अभियानमा प्रदेशसरकारले दत्त चित्त भएर पुर्ण सहयोग गर्ने मुख्यमन्त्री कार्यालयका सचिव दिपेन्द्र काफ्लेले बताए ।सफा शहर अभियानमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ उपमहानगरको सफाई अभियानमा अटेरगरी सडक, सडकपेटी र सार्वजनिक स्थानमा राखिएका समाग्री नहटाए स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी कडा कावार्ही गर्ने तयारी गरिएको समेत बुटबल उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणी पाण्डेले जानकारी दिए ।
अभियानमा आफू बसोबास गरिरहेको क्षेत्र, शैक्षिक संस्था, सरकारी कार्यालय, सार्वजनिक स्थान, नदीनाला लगायतका क्षेत्रहरु सफा राख्न सबैलाई आग्रह गरिएको छ ।सरसफाई अभियान अन्तर्गत राजमार्ग तथा सडक पेटीमा राखिएका सबै सामाग्रीहरु हटाउने, अनुमति विना राखिएको होडिङ्वोर्ड निकाल्ने र जथाभावी थुपारिएका गिट्टी बालुवा लगायतका अन्य निर्माण सामाग्री हटाउन थालिएको छ ।बुटबलमा रहेका धेरैजसो टोलविकास संस्थाहरुले नियमित रुपमा आआफ्ना टोलका सडक र वरीपरी सरसफाई गर्दै आईरहेका छन् ।