ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

अपाङ्गता भएका महिलाका लागि बोसिया खेल तथा पुरस्कार वितरण ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १५, मंगलवार १५:१०

फागुन १५  काठमाडौं । अपाङगता भएका महिलाका लागि आयोजित बोसिया खेल प्रतियोगिता मंगलवार सम्पन्न भएको छ । काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित बोसिया खेल प्रतियोगितामा अपाङगता भएका सोह्र महिला सहभागी भएका थिए । अमेरिकी दुतावास एइआईएफ परियोजना अन्तर्गत अपाङगता भएका महिलाका लागि समावेशी खेलकुद शिर्षकमा उनीरुलाई बोसिया खेल खेलाईएको हो । नेत्रहिन क्रिकेट संघ नेपाल र अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघद्वारा सिपि मस्तिष्क पक्षघात एवं मस्कुलर डिस्ट्रोफी, स्पाइना बिफिडा, सिवियर स्पाइनल त्यसमा पनि अति अपांगता भएका महिलाहरुका लागि संयुक्त रुपमा खेलको आयोजना गरिएको थियो । खेलकुद समारोहमा प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद खेलकुद प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले बोसिया खेलको विकासका लागि राष्ट्रिय खेलुकद परिषद खेलकुद प्रतिष्ठान सधै सकारात्मक रहने बताए । परिषदले खेलकुदलाई हरेक नागरिकमा पुर्याउने लक्ष्य राखेकाले भिन्न क्षमता भएका नागरिकको खेल खेल्ने चाहना, क्षमता र प्रतिभाको कदर गर्नुपर्ने तर्क उनले राखे । उनले भने अपाङगता भएका व्यक्तिहरु खेल्न सक्ने बोसिया खेलको विकासका लागि हामी कुनै कसर बाकी राख्दनौं, त्यसका लागि सरोकारवाला अन्य निकायसंग हातमेलो गर्न हामी तयार छौं । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष टिका दाहालले यस्ता खेलको आयोजनाले शारीरिक एवं मानसिक स्वास्थमा सहयोग पुग्ने उल्लेख गरिन ।

यसले अपाङगता भएका व्यक्तिमा त उर्जा एवं हौसला प्राप्त हुन्छ नै त्यसका अतिरिक्त अभिभावकमा समेत छोराछोरीप्रतिको आस्था एवं माया बढेर जाने दाहालले बताईन । नेपाल पाराओल्पिक कमिटिका अध्यक्ष दीपक कोइरालाले खेलका माध्यमवाट पनि अपाङगता भएका व्यक्तिको क्षमता उजागर गर्न एवं सरोकारवाला सवैलाई जागरुकता प्रदान गर्न सकिने बताए । एइआइएफ की गु्रप मेम्वर नविना ज्ञवालीले अपाङगता भएका व्यक्तिका लागि बोसिया खेल खेलाउने रचनात्मक कार्यमा सहकार्य गर्न पाएकोमा धन्यवाद प्रकट गरिन । नेत्रहिन क्रिकेट संघ नेपाका अध्यक्ष पवन घिमिरेले खेलका माध्यमवाट पनि अपाङगता भएका व्यक्तिको मनोविज्ञानलाई बलियो पार्न सहयोग पुग्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडलले खेलको समापन गर्दै बोसिया गेम विश्वका ५० भन्दा बढि देशमा प्रचलित भएपनि नेपालमा अझै पनि नयां जस्तो भएको बताईन । पौडेलले बोसिया खेलको प्रर्वद्वनका लागि सरोकारवाला सवैलाई हातेमालो गर्न अपिल गरिन । खेलमा सहभागी १६ खेलाडीलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रमको संचालन अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी महासचिव देवकला पराजुलीले गरेकी थिईन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु