फागुन १६, काठमाण्डौ । विश्व कीर्तिमानी परिषद नेपालले आगामी शनिवार काठमाण्डौको टँुडिखेलमा आयोजन गर्न लागेको “Buddha Was Born In Nepal ” अन्र्तगत एकै साथ ७५ हजार जनाले महामानव गौतम बुद्धको उपदेश वचन धर्मपद को सारगर्भित अंशहरु वIचन गरी नेपालको नाममा गिनीज बुकमा कीर्तिमान कायम गर्ने भएको छ ।
आज सो विषयमा राजधानीको नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार भेटघाट कार्यकममा जानकारी गराइयो ।
सो पत्रकार सम्मेलनमा बोल्दै सो अभियानका बरिष्ठ उपाध्यक्षद्धय अक्कल बहादुर तामाङ्ग लामा र संघर्ष बिष्टले सो अभियानमा सवै तयारी पUरा भएको बताउँदै हाल ६० हजार पास वितरण भएको र फागुन १९ गते शनिवार बाँकी १५ हजार पास वितरण गरिने बताउनु भयो ।
यसैगरी सोहि पत्रकार भेटघाट कार्यक्रममा बोल्दे पूर्व पर्यटन मन्त्री तथा विश्व कीर्तिमानी परिषद नेपालका सल्लाहकार आनन्द प्रसाद पोखरेलले योगको उदभव भएको हाम्रो देशमा बौद्ध जन्मबारे भ्रम चिर्न यस खालको अभियान गर्न लागेको बताउनु भयो ।
सो एैतिहासिक कार्यक्रममा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली प्रमुख अतिथी रहनु हुने आयोजक संस्था विश्व र्कीिमानी परिषद नेपालले जनाएको छ ।
प्गुन १९ गति शनिवार टँुडिखेलका ४ वटा मुल गेट र ४० वटा सहायक गेटबाट हिहान ११ बजे देखि अपरहान् २ बजे सम्म कार्यक्रमका सहभागीहरुलाई कार्यक्रमस्थलमा प्रवेश गराउने तालिका रहेका आयोजकले जनाएको छ ।
Uस अघि यस खालको कीर्तिमान सन २०१४ मा भारतमा ४६,६६० जनाले १६ औं शताब्दीका एक भारतीya कविको कविता वाचन गरि विश्व कीर्तिमान कायम गरेका थिए ।
कार्यक्रमको आकाशीय दृश्यको छाँयाकनको लागि हेकिप्टरबाट समेत दृश्य छाँयाकन गरिने आयोजकले बताएको छ ।
यसैगरी कार्यक्रममा थप आकर्षणका रुपमा कलाकार धीरज राई , आनन्द कार्की निशान भटटराई, , राधिका हमाल ,प्रताप दास , नेपाल आइडल बुद्ध लामा , मनोज गजुरेल, जितु नेपाल सहित अभिनेता राजेश हमाल, निखिल उप्रेती र डा. भोला रिजालको पनि सहभागिता रहने भएको छ ।