उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

अदालतसामु माफी माग्न डा.केसीलाई मिसन सिन्धुलीगढि मोर्चाको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते, बिहीबार ०५:३०

काठमाडौं- मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चाले डा. गोविन्द केसीलाई जनताकाबीचमा माफी माग्न आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा मोर्चाले पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई माफी माग्न आग्रह गरेको हो । मोर्चाका अध्यक्ष विजय थापाले अनशनको नाममा पश्चिमा शक्तिहरुको आडमा अदालतमाथि प्रहार गरेको आरोप लगाउँदै डा. केसीलाई माफी माग्न आग्रह गरे । उनले भने,‘स्वास्थ्य क्षेत्रमा भएका विकृतिलाई रोक्नुपर्ने उहाँको माग जायज छ, तर सरकारको नुनपानी खाएर अस्पतालमै धर्ना दिनु जायज होईन, कि खुल्ला राजनीतिमा आउनुपर्यो, उहाँले माफिया, भष्ट्र, दलाल जस्ता शब्दहरु प्रयोग गर्नुहुन्छ तर प्रमाणित कसैलाई गर्नुहुन्न, यसरी राजनीति गर्न पाईदैन।’

उनले अघि थपे,‘राष्ट्रियता कडीमा जोख्दाखेरी कुनै कसर देखिएको खण्डमा हामीले कसैलाई छोड्दैनौं, हामी सशस्त्र मोर्चामा उभिएका छौं, राष्ट्रको अहित हुने काम गर्नेलाई हेरेर बस्दैनौ, अदालतले पुर्जी काटेको खण्डमा अदालत जान्न भन्ने केसी को हुन ? किन उनी अदालतसामु जादैनन् ? उनी कुन शक्तिको आडमा यस्तो काम गर्दैछन् ? त्यसको खोजी हुने कि नहुने ? अदालतको आदेशलाई मानेर अदालत जानु भएन भने हामी अस्पतालबाट उठाएर अदालतमा राख्छौँ ।’त्यस्तै हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहराले अदालको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको बताएका छन् ।

उनले भने,‘लोकतन्त्र र कानूनी शासनको पक्षधर भएको नाताले अदालतमाथिको प्रहारलाई सामान्य रुपमा लिन सकिएन त्यसैले मैले डा. गोविन्द केसीको बिरुद्धमा मुद्धा दर्ता गराएको छु, उहाँले आफ्नो गल्तिलाई मानवीय त्रुटि भन्नुहुन्छ अरुको डुब्लीकेट भन्नुहुन्छ, यूरोपियन यूनियन शक्तिको भरमा अदालतमाथि हमला गर्ने कुरा कुनैपनि हालतमा स्विकार्य हुँदैन।’
डा. केसीको १४ पटकको अनशन र त्यसले उब्जाएका तरंगहरुले मुलुकको सर्वोच्चतामाथि प्रश्न चिन्ह खडा भएको भन्दै बोहराले शक्तिशाली नागरिकता आयोग गठनको माग गरेका छन् ।

उनले भने,‘मैले चुनाव अघि नै यो काम सक्नुपर्छ, नेपाली भन्दै गैरनेपालीहरुले नागरिकता प्राप्त गरेका छन् पहिले छानविन गरेर मात्र चुनाव जाउ र असली जनमत आउछ भनेको थिएँ, तर आज अदालतका नाममा भैरहेका अनेका दृश्यहरुले देखाउन खोजेका चित्रहरु सामान्य छैनन्, २०२० सालदेखि यता र २०६४ सालमा विशेषगरी मधेशमा हचुवाको भरमा नागरिकता बाँढियो त्यसले नेपालको राष्ट्रियतामाथि खतरा निम्त्यायो ।’उनले अघि थपे,‘हाम्रो मुलुकमा २९ वटा राष्ट्रघाती समुहहरु खडा भएका छन् अब हाम्रो लडाई त्यस्ता समुह र राष्ट्रघातीहरुको बिरुद्धमा हो|

हामीलाई कुनै डर छैन्, कसैको भर पनि छैन्, हामीले प्रत्यक्ष राष्ट्रपति, हिन्दुअधिराज्य र जनताको अधिकार हाम्रो मुलमन्त्र हो, यसमा विचलित हुँदैनौं, गणतन्त्र जनआन्दोलनबाट आएको हो, धर्मनिरपेक्षता र संघीयता बाह्य शक्तिको आडमा घुसाईएको हो, यसको खारेजी हाम्रो माग हो ।’हाम्रो मुलुकलाई बाहृय शक्तिबाट खतरा रहेको बताउँदै बोहराले सजक हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘हाम्रो मुलुकलाई बाहृय शक्तिहरुले क्रिडास्थल बनाउन खोजेका छन्, हाम्रो शसस्त्र आन्दोलन उनीहरुका बिरुद्धमा हुन्छ, पहिले हाम्रो अदालतमाथि भैरहेका सुनियोजित प्रहारलाई निरुत्साहित पार्नुछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु