छोकि र शर्मिला बुद्धको सन्देश सहित सगरमाथा चडने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते, बिहीबार ०९:५४

काठमाण्डौ – आगामी शनिवार फागुन १९ गते विश्व कीर्तिमानी परिषद नेपालले महामानव गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर “Buddha Was Born In Nepal” शीर्षकमा बुद्धको उपदेश वचन धम्र्मपदको सारगर्भित अंशहरु ७५ हजार जनाबाट एकै साचन वाचन गरि ग्रिनिज बुक अफ वल्र्डमा नँया कीर्तिमान राख्न गई रहेको छ ।यसै सन्दर्भलाई जोडदै नेपालकै दुईजना वीरगंना युवती छोकि शेर्पा र शर्मिला तामाङ्गले आगामी अप्रिल ५ देखि सगरमाथा चडने तयारी गरेका छन ।
छोकि शेर्पा : स्थायी घर दोलखा गौरिशंकर गाँउपालिका वडा नं ९ निवासी छोकि शेर्पा हाल कपनमा बस्दै आउनु भएको छ । उनले महामानव , विश्वमै शान्तिका अग्रदुत गौतम बुद्धको जन्मबारे भ्रम हटाउन आफुले सगरमाथा चडी नेपालको झण्डा फहराउने अठोट लिएको बताउनु भयो ।

उनै छोकि शेर्पासंग गरिएको छोटो कुराकानी :

यहाँको सगरमाथा आरोहणको अभियान र उद्येश्य के हौ ?

हाम्रो अभियान भनेको अझै पनि विश्वर्क शान्तिका अग्रदुत गौतम बुद्धको जन्म बारे भ्रम चिर्न हाम्रो अभियान हो । अझै पनि विश्वका कतिपय देशमा बुद्ध भारतमानै जन्मेका हुन भनेर आम मानिसमा भ्रम छरिएको छ । यस बारे आफु पनि वैदेशिक रोजगारीमा चार वर्ष दक्षिण कोरियामा बस्दा आठ नौ वटा देशका मानिससंग आफनो परिचय भएको र तिनीहरुबाट पनि आफुले बुद्ध त इण्डो अर्थात भारतमा जन्मेका हुन भन्ने भ्रम सुनेको हूँ ।उनीहरको आफनो पाठयक्रममानै बुद्ध भारतमा जन्मेका हुन भनेर सुनेको बताएका थिए । यसबाट आफुलाई  त्यँहा पनि बुद्धको जन्मचैं नोपलमा नभई भारतमा भएको भने भ्रम छरिएको अवगत भयो । त्यही भ्रमलाई चिर्न र महिलाहरु पनि पुरुष भन्दा कमी छैनन भन्ने अठोटका साथ यो अभियान शुरु गरिएको हो । र हामीले यस अभियान अन्तर्गत सगरमाथासंग बुद्धको पनि नाम जोडिएको कारणले पनि सगरमाथा आरोहण गरि शिखरबाटै बुद्ध नेपालमानै जन्मेका हन भनेर सन्देश विश्वमा फैलाउने हाम्रो उद्येश्य र अठोट पनि हो ।

अक्रो कुरा पर्यटन क्षेत्रमा पनि महिलाहरुको सहभागिता बडाउने महिलाहरुलाई स्वावलम्बी बनाउने हाम्रो अक्रो सन्देश पनि हो । अर्को कुरा नेपालमा पर्यटनको अथाह संभावना छ । अहिले अरु देशका पर्यटकको तुलनामा केही वर्ष यता हाम्रो छिमेकी देश चीँनिया पर्यटकको आगमन नेपालमा धेरै बढेको पाइएको छ । अझै पनि नेपाली महिला दिदी बैनीहरु खाडी राष्ट्रमा गई जोखिम युक्त काम गर्न बाध्य छन । यदि नेपालमा स्थितर सरकार भयो र महिलाहरुका लागि रोजगारी आफनो देशमानै सिर्जना गर्न सकयिो भने महिला दिदी बैनीहरुले खाडी राष्ट्रमा गई नारकीय जीवन बिताउनु पर्ने थिएन ।

नेपालका महिला दिदी बैनीहरु अहिलेको २१ ैं शताब्दीमा दिनानुदिन वैदेशिक रोजगारीका लागि खाडी राष्ट्रका विभिन्न ठाँउमा सस्तो रुपमा आफनो श्रम बेच्न बाध्य छन । अझै भित्री कुरा त अझ डरलाग्दो छ । अझ केही महिलाहरुत विदेशमा यौन उत्पीडनमा पनि पर्ने गरेका छन भने कतिपय महिला दिदीबैनीहरुले सो पीडा सहन नसकी आत्महत्या गर्ने गरेका घटना समय समयमा अनलाइन मिडिया र पत्रपत्रिकामा सुन्न पाइन्छ । यो देशको लागि दुःखको कुरा हो । अक्रो कुरा हामी यो अभियानमा छौं ।यो अभियान त देश र राष्ट्रका लागि पनि गौरवको विषय हो ।

यसमा सरकारी निकायबाटचै त्यति सहयोग प्राप्त भएको छैन । जसरी आगामी शनिवार फागुन १९ गते टुडिखेलमा “Buddha Was Born In Nepal” अभियानमा ७५ हजार जनाले एकै पटक महामानव बुद्धको धम्मपदका अंशहरु वाचन गरि विश्व कीर्तिमान कायमा गर्ने अभियानमा जुन समस्या छ हामी पनि त्यही समस्याबाट ग्रसित छौ । उँहाहरुको अभियान पनि राष्ट्रका लागि हो नि ।अक्रो कुरा प्रकृतिको खानी नेपालमा पर्यटनको क्षेत्रमा अथाह संभावनाहरु छन । नेपालको होटल व्यवसाय, माउन्टेनेरिङ्ग, टेकिङ्ग, पथ पदर्थक आदि क्षेत्रमा महिलाहरुले पनि पुरुष सरह तालिम लिई यो व्यवसायमा राम्रो रोजगारी पाउने अवसरहरु छन ।

शर्मिला तामाङ्ग :स्थायी घर काभ्रपलान्चोक जिल्ला रोसि गाँउपालिका वडा नं ११ भएकी र हाल बौद्धमा बस्दै आएकी शर्मिला पनि यस अभियानकी एक मध्ये हुन ।

यहाँहरुको अभियान र उदेश्य के हो नि ?

हाम्रो मुल उदेश्य भनेकै “Buddha Was Born In Nepal”  को ब्यानर सगरमाथाको चुचुरोमा पुन्याई महामानव गौतम बुद्धको सन्देश विश्व सामु फैलाउने हाम्रो मुख्य उदेश्य हो । सगरमाथा आरोहणको ६५ वर्षको इतिहासमा महिला सगरमाथा सफल आरोहीको संख्या मात्रै २५ जना रहेको छ । हाम्रो अभियानको अक्रो उदेश्य भनेको महिलाहरु पनि पुरुष भन्दा कम छैनौ भन्ने पनि हो । यस तथ्याकंले पनि पुरुषको तुलनामा महिला सहभागिताको संख्या धेरै कम भएको देखाएको छ ।

तपाँइहरुलाई कुनै संघ संस्थाले यो अभियानमा सहयोग गरेको छ त ?
अहिलेसम्म हामीलाई कतैबाट सहयोग प्राप्त भएको छैन ।

तपाँइहरुले पर्यटन विभागबाट स्वीकृति लिनु भयो त ?

अहिले सम्म लिएका छैनो तर सगरमाथा ओरहणमा लाग्ने रोयल्टी मिनाहा गर्ने पर्यटन विभागले प्रारम्भिक छलफलमा बताएको छ । अहिले हामीलाई यो अभियानमा एकैदमै आर्थिक सहयोगको खाँचो छ । हामीसंग सगरमाथा आरोहणको तयारीको लागि मात्रै ४० दिनको समय रहेको छ । हामीले अहिले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरि रहेका छौं । मेरी साथी छोकि शेर्पाले पनि आफन्तबाट आर्थिक सहयोग प्राप्त गर्ने आशा राखेकीे छिन भने मैले पनि मेरा आफन्तबाट केही सहयोग संकलन गर्दै छु । अहिलेसम्म हामीलाई कुनै पनि संघ संस्थाले हामी यति सहयोग गछौं भनेर अगाडि आएका छैनन । हामी आफनो यो अभियानमा संघ संस्था र सरकारी निकायबाट पनि सहयोग पाउने आशामा छौं । हामी जसरी भए पनि यो अभियानलाई सफल बनाउनमा अहोरात्र खटिएका छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु