दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नेपालका सडक एसियाकै खराब, सिंगापुर उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १७, बिहीबार १०:२३

काठमाडौं – नेपालका सडक एसियाकै खराब रहेको रिपोर्ट सार्वजनिक भएको छ । सिंगापुरको सडकलाई भने सबैभन्दा उत्कृष्ट मानिएको छ ।वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ जसमा नेपाल सबैभन्दा पुछारमा छ ।आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख छ ।सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ ।

यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् ।सबैभन्दा खराब देशको सूचीको पुछारमा नेपाल छ । बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु