एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

सेतो दुबी देखिने कारण- जानी राखौँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते, बिहीबार १०:३५

हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ । सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् । तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । किन सेतो दुबी आउँछ रु यसबाट मुक्ति पाउन के गर्ने रु छाला तथा यौन रोग विशेषज्ञ प्राडा अमित अमात्य यसो भन्छन् –

सेतो दुबी देखिने कारण

चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । त्यस्तै मानसिक तनाव, कामको बोझ आदि कारणले पनि हुनसक्छ । तर यो नगन्य मात्रमा हुन्छ । सेतो दुबी बारे भ्रम स् सेतो दुबी हुनेहरुलाई धेरै नै मानसिक तनाव हुने गरेको पाइन्छ । समाजमा सेतो दुबीलाई कुष्टरोगको संज्ञा दिने पनि गरिन्छ ।

यो रोग सर्छ त्यसैले सेतो दुबी भएकाहरुलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरुले प्रयोग गरेको सामान प्रयोग गर्नु हुदैन भन्ने नकारात्मक सोचाई विद्यमान छ । यही कारणले सेतो दुबी हुनेहरुलाई हेयका दृष्टिले हेर्ने गरिन्छ । सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ । (ओठ,मुख,हात, खुट्टा आदि) छालामा मूख्यतः तीन प्रकार सेतो दुबी देखिन्छ

१.गोलो थोप्ला : यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ ।

२.शरीरको एकापट्टीको भागमा मात्र आउने : यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ ।

३.शरीरको पुरै भागमा देखिनेः यो शरीरको पुरै भागमा देखापर्छ । यो औषधि गर्दा निको हुन गाह्रो हुन्छ । एकै चोटी देखिने भएकोले यसको लक्षण भनेकै दुबी नै हो । यो सबै उमेर समुहमा देखा पर्छ । जन्मजात हुन पनि सक्छ । तर ८,१० वर्षका बच्चाहरुमा यो हुने सम्भावना बढी हुन्छ । यो बंशाणुगत गुणको कारणले पनि हुन्छ । बुवाआमा मात्र नभएर टाढाटाढाका नातेदारहरुबाट पनि सर्न सक्छ ।

सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा

सम्भव भएसम्म प्लास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने । केमिकलजन्य सामग्रीको प्रयोग नगर्ने । यसको उपचार हुन्छ । तर लामो समय पनि लाग्न सक्छ । यस्तो समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने छोटो समयमै निको हुन पनि सक्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु