• बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशनकेही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहनेचीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिनेकोजाग्रत पूर्णिमा २०७८ को शुभकामनाआज मिति २०७८ कार्तिक ३ गते, बुधवारको राशिफलकोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि पशुपतिमा कात्तिक ४ देखि १३ गतेसम्म ९ दिवसीय महायज्ञ हुनेसन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ सार्वजनिक (भिडियो)पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिपासाङको 'टारी खेत'मा पुष्प र एलिशा सार्वजनिक ( भिडियो )देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना

    प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ०७:४७

    काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो । भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए।

    कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए।पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्।

    एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन्।संघीय सांसदहरुको शपथआइतबार हुँदैछ।

    -kantipurdaily.com

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु