युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल यात्रा: भारतसँगको तनावपूर्ण सम्बन्धका बेला अब्बासी भ्रमणको भित्री अर्थ के?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते, शनिबार १०:१९

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समालेको दुई साता बितेसँगै ओलीलाई शुभकामना दिन पाकिस्तानी समकक्षी नेपाल आउँदै छन्। सन् २०१४ पछि पाकिस्तानबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।नेपालको परराष्ट्र मन्त्रालयले यस बारेमा आधिकारिक धारणा सार्वजनिक नगरे पनि तयारीलाई भने तिब्रता दिएको छ। काठमाडौँका मुख्य चोकमा नेपाल र पाकिस्तानका झण्डा पहराईएका छन्।सन् २०१४ मा काठमाडौँमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ नेपाल आएका थिए।

सार्क शिखर सम्मेलन स्थगित भएको दुई वर्ष वितिसक्दा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय सञ्चार माध्यमले समेत उनको हुन लागेको भ्रमणलाई प्राथमिकताका साथ हेरेका छन्।‘नयाँ दिल्लीले उनको यो भ्रमणलाई विशेष महत्त्वका साथ हेर्नेछ किनभने नेपालसँग भारतको विशेष सम्बन्ध छ तर हाल यो सम्बन्ध तनावपूर्ण अवस्थामा गुज्रिरहेको छ,’ साउथ एसिया मोनिटरले समाचार लेखेको छ।नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। त्यसैले पनि पाकिस्तानले शिखर सम्मेलनको आयोजनाका लागि नेपालको भूमिका खोजिरहेको अवस्थामा हुन लागेको उनको भ्रमण अर्थपूर्ण हुने परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ बताउँछन्।

‘पछिल्लो समय सार्क सुस्ताएको छ, भारतले सार्कलाई भन्दा पनि विम्स्टेकलाई प्राथमिकतामा राखेको देखिन्छ,’ पहिलो पोष्टसँग उनले भने, ‘उनको भ्रमणले सार्कलाई गति दिन महत्त्वपूर्ण योगदान दिन सक्छ।’अब्बासी सत्तामा आएसँगै उनले सार्कलाई गति दिने विषयमा पटकपटक कुरा उठाउँदै आएका थिए। पाकिस्तानी सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजका नेता अब्बासीले तत्कालीन प्रधानमन्त्री नवाज सरिफले राजीनामा दिएसँगै १ अगस्त २०१७ मा अन्तरमि कालका लागि प्रधानमन्त्री बनेका थिए। उनको नेतृत्वमा पाकिस्तानमा निर्वाचन हुँदै छ।देशभित्र राष्ट्रवादी छवि बनाएका उनकै कार्यकालमा अफगानस्तानसँग सम्बन्ध सुधारको थालनी भएको छ।

उनकै कार्यकालमा सार्कले गति लिने अपेक्षा गरिएको छ।‘दक्षिण एसियाको पछिल्लो भूराजनीतिलाई हेर्ने हो भने उनको भ्रमण महत्वपूर्ण समयमा हुन लागेको छ,’ श्रेष्ठले अगाडि थपे, ‘पछिल्लो समय दक्षिण एसियामा चीन र भारतबीच प्रभाव विस्तारमा प्रतिस्पर्धा चलेको छ, भारतका लागि सार्क त्यति महत्त्वमा परेको छैन्, तर नेपाल, पाकिस्तान जस्ता साना देशका लागि यसको महत्त्वपूर्ण अर्थ राख्छ, यसलाई चलायमान बनाउनका लागि यो भ्रमणले महत्त्व राख्छ।’दक्षिण एसियामा आतंकवाद समस्या रहेको भन्दै उनले पाकिस्तानको सहभागिता विना आतंकवादसँग लड्न नसक्ने बताए।

‘सार्क क्षेत्रमा आतंकवादसँग लड्न हामीले एउटा स्टेक होल्डरलाई छुटाएर सक्दैनौँ’ उनले भने, ‘त्यसैले पनि सार्कलाई गति दिनै पर्छ।’पछिल्लो समय भारतले नेपाल र प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधारको प्रयास गरिहेको बेला प्रधानमन्त्री ओलीले सार्कलाई अगाडि बढाउनका लागि भारतसँग ठोस छलफल गर्नुपर्ने श्रेष्ठको भनाई छ। ‘भारतले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणलाई जुन रुपमा लिए पनि हाम्रो लागि यो राम्रो अवसर हो, प्रधानमन्त्री केपी ओलीले सार्कलाई गति दिने विषयमा छलफल अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘यो सहि मौका पनि हो, यतिवेला भारतले नेपालले भनेको सहज रुपमा मान्ने वेला छ, किनकी भारत नेपालसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेको छ।’

उनले उच्चस्तरीय भ्रमण आदान प्रदानले सम्बन्ध सुधार गर्ने बताए। ‘पाकिस्तानका प्रधानमन्त्री आउँदै हुनुहुन्छ, हामीले चिनियाँ राष्ट्रपतिको स्वागत गर्नुपर्छ, भारतीय प्रधानमन्त्री पनि आउनुपर्छ,’ श्रेष्ठले भने, ‘सार्क क्षेत्रका देशहरुबीच द्वीपक्षीय र बहुपक्षीय भ्रमण आदानप्रदान गर्नुपर्छ यसले देशहरुबीचको तिक्ततालाई कम गर्छ।’यता प्रधानमन्त्री ओली निकटका एमाले नेता डा. राजन भट्टराई पनि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सार्कको विषयमा छलफल हुने बताउँछन्। ‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो, पाकिस्तान १९ औँ शिखर सम्मेलन आयोजक राष्ट्र हो,’ उनले भने, ‘दुई देशका प्रधानमन्त्रीको भेट हुँदा सार्कको विषय स्वभाविक रुपमा उठ्छ।’

२०१६ को नोभेब्बर १५ र १६मा पाकिस्तानको इस्लामावादमा हुने भनिएको १९ औँ सार्क शिखर सम्मेलन सोही वर्ष १८ सेप्टेम्बरमा भारतको जम्मू–काश्मीर प्रान्तको उरीमा आतंकवादी आक्रमण भएसँगै अन्यौलनमा परेको हो। भारतले आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै सम्मेलनका लागि इस्लामाबाद नजाने बताएपछि सम्मेलनको एक दिन अगाडि सम्मेलन स्थगित भएको थियो।भारतकै दबाबपछि भुटानले सार्क क्षेत्रमा बढ्दो आतंकवादका कारण सम्मेलन सफल हुन नसक्ने भन्दै सहभागी नहुने जनाएको थियो भने बंगलादेशले नेपाललाई पत्र पठाएर आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै पाकिस्तान नजाने जानकारी गराएको थियो।

त्यसपछि नेपालले सम्मेलन स्थगित गरेको थियो।पछिल्लो समय ओली प्रधानमन्त्री भएपछि सार्कले गति पाउने अपेक्षा काठमाडौँस्थित सार्क सचिवालयले पनि राखेको छ।ओलीले प्रधानमन्त्रीको सपथ लिएसँगै बधाई तथा शुभकामना सन्देश जारी गर्दै सार्क सचिवालयले ओलीको कार्यकालमा सम्मेलन अगाडि बढ्ने आशा व्यक्त गरेको थियो ।सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्कको गतिविधिलाई अगाडि बढाउनका लागि अध्यक्ष राष्ट्रका हैसियतले नेपालको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्। ‘पछिल्ला समयमा सार्कका गतिवविधिहरु रोकिँदै गएका छन्, सम्मेलन हुन सकेको छैन्,’ उनले भने, ‘प्रधानमन्त्रीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा राखेका छौँ।’उनले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणले सार्कलाई अगाडि बढाउन सहयोग पुग्ने बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु