चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

सिइअो सम्मेलन काठमाडौंमा भोलि हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन २६, शनिबार ०७:३१

काठमाडौँः नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।अगामी फाल्गुण ३० गते काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागी रहने छ ।

अहिले अवार्ड तथा बिदेशबाट आउने पाहुनाको ब्यवस्थापन र स्वागतका लागी तयारी चलिरहकोे छ ।कार्यक्रममा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट सहभागीको आवेदन आउने क्रम जारी रहेकाले अनलाईन रजिस्टे«न केहि दिन सम्मका लागी खुल्ला राखिने आयोजकले जानकारी दिएको छ ।पपुलर सिइओ अफ दि इयरका लागी भोटिङ्ग कार्य चलिरहेको र भोटिङ्ग फाल्गुन ३० गते साँझ ६ बजेसम्म गर्न सकिने ब्यवस्था मिलाइएको र अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गरि सर्वाधिक भोट पाउने ब्यक्तिलाई अवार्ड प्रदान गरिने पद्मा मिडिया गु्रपका कार्यकारी निर्र्देशक डम्वर शाहुले जानकारी दिएका छन् । अर्थ बजारमा अहिले पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धाले चर्चा पाईरहेको छ । अन्य ५ बिधाको अवार्डका लागी भने जूरी कमिटीले छनौठ कार्य गरिरहेको छ ।

आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत ऋभ्इ स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१मा एस.एम.एस. गर्न सकिनेछ । साथै कार्यक्रममा सहभागी हुनhttp://nepalceosummit.com/participation/ मा दर्ता गर्न सकिनेछ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु