स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन २६, शनिबार ०७:३७

शर्मिला विश्वकर्मा/काठमाण्डौं : नेपाल अपाङ्ग महिला संघ, अष्ट्रेलियन राजदुतावास, यू.एन.डी.पी. र सञ्चारिका समुहको आयोजनामा अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग महिला महिला संघकी अध्यक्ष निर्मला धितालले राज्यले अपाङ्गता भएका महिलाहरुको न्यायको लागि नेपाल सरकारसँग मिलेर अगाडि बढ्नु पर्ने बताउदै नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाहरुको सशक्तिकरणका लागि काम गर्दै आएको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिएका फैसलाहरु कार्यन्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच पुग्न नसकेको बताउनु भयो । सो कार्यक्रममा यू.एन.डी.पी.का उपराष्ट्रिय निर्देशक सोफि केमाखाजी (Sophie Kemkhadze) ले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच पुर्याउनका लागि उनीहरुका सवालहरुलाई केन्द्र विन्दुमा राखेर काम गर्न जरुरी रहेको बताउनु भयो भने नेपालका लागि अष्ट्रिेलियन राजदुत पिटर वड ( Peter Budd) ले नेपालमा अधिकांश अपाङ्गता भएका महिलाहरुले सहज रुपमा न्याय पाउन नसकेको बताउदै यसको लागि राज्यले उचित साधन र स्रोत उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनु भयो ।

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले अपाङ्गता भएका महिलाहरुको हक अधिकार सुनिश्चित गर्नको लागि भएका नीति नियमहरु कार्यन्वयन गर्नु पर्ने र यसको लागि आफु आवद्ध मन्त्रालयले सक्दो सहयोग गर्न तयार रहेको बताउनु भयो । सो कार्यक्रमको सञ्चालन नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेलले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु