डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

देब्रेको सट्टा दाहिने घुँडा शल्यक्रिया गर्ने नर्भिकका डाक्टर निलम्बित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन २६, शनिबार १३:३८

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलका दुइजना चिकित्सकलाई निलम्बन गरेको छ ।काउन्सिल स्रोतका अनुसार डा. प्रवीण नेपाल र डा.शैलेज रञ्जितकारलाई एक महिनाको लागि चिकित्सकीय अभ्यास नगर्ने गरी निलम्बन गरिएको हो । चितवनबाट देब्र घुँडाको समस्या परेर शल्यक्रियाका लागि आएकी बिन्दु पौडेलको नर्भिकका चिकित्सकद्वयले दाहिने घुँडाको शल्यक्रिया गरेका थिए ।

चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी पौडललाई एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले उपचारको लागि चितवनबाट नर्भिकमा ल्याइएको थियो । नर्भिकमा शल्यक्रियाको लागि बिरामीसँग लिने पूर्वसहमतिमा समेत देब्रे घुँडाको शल्यक्रिया गर्ने उल्लेख थियो ।नर्भिकले यो प्रकरणमा बिरामी पक्षसँग भुलवस गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता देखिए त्यसको समेत उपचार गर्ने सहमति गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु