चैत्र २, काठमाण्डौ । स्वयंभूमा रहेको त्रिरत्न आवासीय विद्यालयले आज विद्यालयको १८ औं वार्षिक अभिभावक दिवस कार्यक्रम मनाएको छ ।
राजधानीको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा भएको सो अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथी संघीय मामिला तथा प्रशासन मन्त्री लालबावु पण्डितले आ—आफना बालवालिकाहरुलाई े शान्तिका अग्रदुत महामानव गौतम बुद्धको हाम्रो देश नेपाल र नेपालनै विश्वमा सवैभन्दा राम्रो देश भएको बताउदै आफना बालवालिकाहरुलाई आफनो देश प्रति गौरव गर्न प्रेरणा दिनको लागि अभिभावकहरुलाई अनुरोध गर्नु भयो ।
यसैगरि ै मन्त्री पण्डितले स्कुलका स—साना बालवालिकाहरुले प्रस्तुत गरेको सांस्कृतिक नृत्यबाट नेपालको सवै भाषाभाषी जात जातिको प्रतिनिधित्व गरेको बताउनु भयो । सो अवसरमा मन्त्री पण्डितले स्कुलका शिक्षक शिक्षिका र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गर्नु भएको थियो ।
काठमाण्डौ महानगरपालिकाको वडा नं १५ स्वयंभुमा अवस्थित यो स्कुलले उच्च स्तरीय , गुणस्तरीय शिक्षासंगै विद्यार्थीहरुको अतिरिक्त कृया कलाप सङ्गीत कला संस्कृती ,नाटक र बक्तृत्वकला आदि विधामा पनि उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
कार्यक्रममा स—साना बालवालिकाहरुले गरेको फेसन सो कार्यक्रम आजको अभिभावक दिवसको आकर्षकको रुपमा रहेको थियो । यसैगरी कार्यक्रममा देखि स्कुल जुनियर विद्यार्थी देखि सिनियर विद्यार्थीहरुले शास्त्रीय सङ्गीत नृत्य लगायत विविध सास्कृतिक कार्यक्रम सहित गीत सङ्गीत प्रस्तुत गरेका थिए ।
यसैगरी कार्यक्रमलाई थप रोचक बनाउदै चर्चित गायिका कुन्ती मोक्तालले राष्ट्रिय भावनामा आधारित डालि डालिमा बोलको गीत र अक्रो चर्चित गीत माथि माथि सैलुङ्गेमा बोलको गीत प्रस्तुत गरि कार्यक्रमलाई रोचक बनाएकी थिइन ।
यसैगरी सोहि कार्यक्रमा संचारकर्मी तथा रेडियो नेपालका कलाकार किशोर कुमार सेढाईले भिक्षु आनी छोइङ्ग डोल्माद्धारा स्वरबद्ध भएको चर्चित गीत “फुलको आँखामा फुल्यै संसार” बोलको गीत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्कुलमा प्रधानध्यापक राजुलामा कोन्डलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नु भएको थियो ।
यसैगरी कार्यक्रममा प्रधानध्यापक कोन्डनले केडिया समुहका अध्यक्ष सुमित्र केडिया, गायिका कुन्ती मोक्तान, सङ्गीतकार शिला बहादुर मोक्तान ,
नेपाल कोरिया सांस्कृतिक संघका अध्यक्ष तथा Buddha was born in Nepal नेपालका अभियन्ता अक्कल तामाड.लाई स्कुलको तर्फबाट माँयाको चिनो प्रदान गर्नु भएको थियो ।