काठमाडौं- सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लि.को ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकबम्पर योजना आजबाट लागु भएको छ ।ग्राहकहरुको चाहनाबमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले एक महिना अघि नै ल्याईएको उक्तअफर आजबाट लागु भएको हो । उक्तअफरको आजपत्रकार ऋषिधमलाले उद्धघाट्न गरेकाहुन्।
काठमाडौंको पुतलीसडकस्थित् नेपाल सेयर मार्केट कम्प्लेक्समाउक्तअफरको उद्धघाट्न गर्दै पत्रकार धमलाले अब यो अफरलाई गाउँगाउँसम्मपुर्याउनुपर्नेमाजोड दिए ।
मुलुकमाविकास र समृद्धिको यात्रा अघि बढिरहेको बेला सुट बैंकले विशेष अफर सार्वजनिक गरेर धेरै नेपालीहरुको मन जितेको धमलाको भनाई थियो ।उनले भने,‘फेशनमा नेपालको पहुँचअन्र्तराष्ट्रिय स्तरमापुर्याउनुपर्छ, पूरानो सुट ल्याउनुहोस्, नयाँ लैजानुहोस् अफर अहिले सुट बैंकले ल्याएको छ, यो छोटो समयमा जनतामा लोक प्रियभएको छ।’उनले यो अफरसँगै गरिब मान्छेले पनि सुट लाउन सक्ने बताए । उनले भने,‘हेर्नुहोस्, हरेक मान्छेको चाहना हुन्छ सुट लाउने, अहिले पनि धेरै नेपालीहरु आर्थिक अभावकै कारण सुट लगाउनबाट बञ्चित छन, कसले देला?भनेर बसिरहनुभएको छ।’ धमलाले अब उक्तअफरलाई गाउँमुखीबनाउनुपर्ने सुझावदिए ।
उनले भने,‘सुटको ट्रेण्डलाई अब गाउँगाउँसम्मपुर्याउनुपर्छ, दुर्गममापुर्याउनुपर्छ, शरहमात यसको पहुँच र प्रभाव छ, तर यो सँगसँगै गाउँमापनियसको विकास गर्नुपर्छ ।’त्यस्तै उनले प्रालिकाअध्यक्षभोजराजसिवालाई आग्रहगर्दै भने,‘म उहाँलाई आग्रहगर्न चााहन्छु, देशभरि अभियान सुरु गर्नुहोस् । सुट सेलिब्रेटीहरुको लागिअनिवार्य छ, कलाकारहरुलाई पनिआवश्यकत्ता छ ।कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवशम्भु कोइरालाले उक्तअफरको खुलेरै प्रशंसा गरेका छन् । उनले भने,‘सुट बैंकले अघि सारेको अफर उचितहो, यसलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्छ।’
त्यस्तै नेपाल कपडा तथासिलाई व्यवसायी संघका पूर्व अध्यक्षजुजुमानश्रेष्ठ र पूर्व प्रथमउपाध्यक्ष कृण्ण रणपालले पनि आफ्नो धारणा राखेका थिए ।प्रा.ली.का अध्यक्षभोजराजसिवाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदापनि भ्याट लगाउने गरिएकोले नेपालीव्यवसायीहरु दोहोरो मारमा परेको गुनासो गर्दै आएका छन् ।बजारमानयाँ डिजाईनका कोट तथा सुटको उत्पादनआउनथालेपछि घरको दराजमाथन्किएको रुपमामात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमाल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सकिने कम्पनीले विश्वास दिलाएको छ ।
ग्राहकले ल्याउने कोट तथा सुटको उचितबजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मुल्यांकनगरिने कम्पनिको भनाई छ। नयाँ सुट तथा कोटको प्रयोगकालागिआर्थिक रुपमाग्राहकवर्गलाई सहजहोस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्यानभई अवसर बन्नसक्छ भन्ने योजनाको साथअतिउपयोगीकार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रमल्याईएको हो।प्रालिकाअनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफलबनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपनदिईनेछ । जसमाचार पांग्रे गाडी उपलब्ध गराईनेछ र १५०० वटालक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनिआयोजकले जनाएको छ ।