२०४७ साल देखि कौडिको भाउमा निजीकरणको नाममा बेचेका ४९ वटा कारखाना उद्योगधन्दा राज्यले फिर्ता ल्याउनु पर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र ५ गते, सोमबार १४:५६

रामप्रसाद ढुङ्गाना केन्द्रीय सदस्य तथा सह ईन्चाज नुवाकोट , माओवादी केन्द्र

नेपाली जनाताले विभिन्न समयमा राजीती परिवर्तनका लागि संघर्ष गर्दै आजको अवस्थमाम आइ नेपालको संविधान केही जनताको अधिकार स्थापित भएको कार्यान्वयन पदमा अग्रसर हुनपर्छ । नपुगेका कुरा सविधान संशोधन गरी जनताको हितमा न्याय प्रणाली चलाउनु पर्छ ।कृषि क्षेत्रलाई व्यवस्थित गरी हाम्रो नदीनालाबाट खेर गइरहेको पानी तराइृका सुख्खा भूमीलाई सिचाई गराउनुपर्छ । पहाडको सिचाई नभएको ठाउँलाई सिचाई गराउन पर्छ । खाद्यान्न हाल ६ खर्बको भारतबाट खरिद गरेका छौँ। त्यसलाई पूर्णरुपमा आत्मनिर्भर हुने गर्नुपर्छ र कृषिसँग आधारित उद्योग स्थापना गर्नुपर्छ । तरबारी फलफूल, माछा मासु दुघ सबैथोकमा आत्मनिर्भर गराउनुपर्छ ।

२०४७ सालदेखि कौडीको भाउमा ४९ वटा निजीकरणको नाममा बचेकI कारखाना उद्योगधन्दा सबै राज्यले फिर्तागरी बालाजु, पाटन, हेटौडा, वीरगञ्जसलाई, जनकपुर, विराटनगर बुटवल, नेपालगञ्ज, कैलाली र अन्य ठाउँका विभिन्न उद्योगहरू सरकारले यही आर्थिक वर्षबाट सञ्चालन गरी विदेशमा काम गर्न जोन ४५ लाख युवालाई रोजगार दिलाउनुपर्छ । खानीहरू जस्तै सम्भाव्य अध्ययन भएका कोइला खानी, फलाम खानी, डोल्पाको नुन खानी स्याप्रुबेशीको गन्दक खानी दोलखाको फलाम खानी, दाङको कोइला खानी, नुवाकोट हाल बेलकोटगढी नगरपालिका ३ को तामाखानी, चुनउद्योग,बर्दियाको कपास उद्योग, कम्पनी कैलालीको खोटोखानी उद्योग अन्य सम्भाव्य ठाउँमा नयाँ कलकारखाना थप गरी वार्षिक १० लाख युवालाई नयाँ काम धन्दामा लगाउनु पर्छ ।

हामीसँग १ व्यक्ति बराबर १९ रोपनी जग्गा भागमा पर्छ खेतियोग्य जमिन हाल नेपालमा ३ करोड मानिस होला एक व्यक्ति एक रोजगार एक सीप अनिवार्य गर्नुपर्छ ।देशमा आर्थिक राजनीति सामाजिक भ्रष्टाचारको अन्त्य गरी नयाँ सोच विचार ल्याई उन्नतदेश बनाउन अनिवार्य गराउनुपर्छ ।जनताको भागमा देशमको उन्नती प्रगति सबै अधिकार जनताको निगरानी हुनुपर्छ। १०, १५, २० वर्षे योजना बनाई क्यालेन्डर मुताविक काम गराउनु नेपालको अनिवार्य छ । हितमा प्रयोग गराउन अनिवार्य छ ।ठूला ठूला नदीहरूबाट भैरहेको भन्दा अलि फरक योजनामा विजुली उत्पादन ठूलो गरी आत्मनिर्भर गराई सिंगो देशको उन्नती गराई नेपाल विश्वसामु उभ्याउनु पर्छ अबको कार्यभार यही हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु