रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

पाकिस्तानले मनायो ६२ औं राष्ट्रिय दिवस ।(फोटो फिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १०, शनिबार १५:५७

चैत्र १०, काठमाण्डौ पाकिस्तानले आफनो ६२ औं राष्ट्रिय दिवस मनाएको छ । सो अवसरमा नेपालस्थित पाकिस्तानी दूतावास परिसरमा हिजो विहान झण्डोत्तोलनको कार्यक्रम गरि राष्ट्रिय दिवस मनाइक्उो छ ।

पाकिस्तानी दूतावासको आयोजनामा शुक्रबार साँझ काठमाडौँमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, काँग्रेस नेता रामचन्द्र पौडेल, नेपालका लागि भारतीय राजदूत मञ्जिप सिंह पुरी लगायतको उपस्थितिबीच उक्त कार्यक्रम मनाइयाे ।

उपराष्ट्रपति पुन र नेपालका लागि पाकिस्तानी राजदूत डा.मजहर जावेदले संयुक्त रुपमा केक काटेपछि सुरु भएको उक्त कार्यक्रममा

पाकिस्तानी गायिका सारा रजा खानले पाकिस्तानी तथा नेपाली गीत/गजल सुनाउँदै माहोललाई झनै रोमाञ्चक बनाएकी थिइन्।

पाकिस्तानी राष्ट्रिय गीतबाट आफ्नो प्रस्तुती सुरु गरेकी साराले गुलाम अलिको नेपाली गजल गाजलु ति ठूला ठूला आँखा गाउँदा उपस्थित नेपाली तथा पाकिस्तानी जोडदार तालीका साथ रमाएका थिए।यसैगरी गायिका सारा रजाले नेपाली चलचित्र दुई रुपैयाको लोकप्रिय गीत कुटुमा कुटु सुपाठी दाना बोलो गीत प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक बनाएकी थिइन ।

कार्यक्रममा उनले नेपालको निकै लोकप्रिय गीत रेशम फिरिरि आफ्नै लवजमा गाउँदा उपस्थित सबैले ताली रोक्न सकेनन् । नेपाली र नेपाली गीतको तारिफ गर्दै उनले फेरि नेपालको अर्को चर्चित गीत कुटुमा कुटु सुनाइन्।

पाकिस्तान र नेपालको सुमधुर सम्बन्धका कारण आफूले नेपालमा आफ्नो प्रस्तुती प्रस्तुत गर्न सकेको  भन्दै उनले नेपाल र नेपालीको खुलेरै तारिफ गरिन्।

कलाकार सारा रजा खान सन २००९ मा पाकिस्तानको चर्चित रियलिटी सो सारेगामापाबाट चर्चामा आउनु भएको थियो । भारतीय कलाकार समेत सहभागी सो चर्चित रियलिटी सो सुर क्षेत्र २०१२ की उनी विजेता पनि हुन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु