दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

महामानव रामलाई सम्झिदै मनाईयो रामनवमी । (फोटो फिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र ११, आईतवार १२:४०

चैत्र ११, काठमाण्डौ । महामानव रामलाई स्मरण गर्दै आज नेपालमा पनि भगवान रामलाई स्मरण गरिएको छ ।
रामनवमीकै पावन अवसरमा काठमाण्डौको बत्तिसपुतलीस्थित राम मन्दिरमा आज विहान देदिनै भक्तजनहरुको भीडभाड रहेको थियो । दशनार्थीहरु राम मन्दिरमा दर्शनका लािग आज विहान देखि लाइनमा बसेका थिए ।

राम मन्दिरको दर्शनका लागि युवा देखि बृद्धबृद्धा पनि सहभागी रहेका थिए । जेष्ठ नागरिकहरुलाई स्वंयम सेवकहरुले लाइन नलागी सिधै दर्शन गराएका थिए ।


रामनवमीकै अवसरमा राम मन्दिरमा रहेका परिसरमा महामानव राम प्रति समर्पित भक्तिभावपुर्ण मक्ति सङ्गीत प्रस्तुत गरेका थिए । सो भक्तिमाव अनुष्ठानमा नेपालकी चर्चित गायिक ज्ञानु राणा देखि बिष्णु श्रेष्ठ , बरिष्ठ तवला बादक राजु अग्रवाल , किशोर सेढाई लगायतले रामको आदर्श र महिमामा आधारित भक्ति सङ्गीत प्रस्तुत गरेका थिए ।

भजन गायनको प्रस्तुती भई रहदा भक्तजनहरु भक्तविभोर भई नाचगानमा पनि सहभागी भएका थिए ।

यसले रामनवमीको पर्वलIई अझ आकर्षक बनाएको थियो ।

द्धापर युगमा अयोध्याका सुर्यवशंका राजा दशरथचन्द्र र माता कौशल्याका जेठा छोराको रुपमा जन्म लिएका रामचन्द्रलाई भगवान बिष्णुको सातांै अवतारका रुपमा लिने गरिन्छ । रामचन्द्रले आफना पिताको आदेश बमोजिम आफना भाई भरतलाई राजपाट सुम्पि आफनी धर्मपत्नी सीता र भाई लक्ष्मण सहित चौध वर्षसम्म सहर्ष बनवास धारण गरेका थिए । पछि रामचन्द्र वनवास भएका समयमा लंकाका राजा रावणले सीतालाई हरण गरि लंका लगेका थिए । पछि रामचन्द्रले बालिका सुघ्रिव र बाँदर सेना र बाहुवली हनुमानको सहयोगमा रामायणको युद्धमा रावणलाई पराजित गरि सीता माताको उद्धार गरि आफनो राज्य अयोध्या ल्याएका थिए । भगवान रामको जीवनमा आधारित रामानन्द सागरद्धारा निदेर्शित रामायण टेलिश्रृंखला अझै पनि आम जनतामा लोकप्रिय रहेको छ । रामको जीवनमा महर्षि बाल्मिकीले रामायण महाकाब्य र तुलसी दासले रामचरित्रमानसको रचना गरेका थिए । अझै पनि पनि महामानव रामलाई एशिया र दक्षिण एशियामा मानिसहरुले आदर्श पुरुषका रुपमा लिने गर्दछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु