भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र ११ गते, आईतवार १४:२४

चैत्र ११,काठमाण्डौ । प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ÷बीमा एक्स्पो आजदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ÷बीमा एक्स्पोको

आइतबार विशेष समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले पछिल्लो समय बीमा साक्षरता बढ्दै गएको दावी गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागाँईले पोखरामा आयोजना गरिएको बैंकिङ÷बीमा एक्स्पोले वित्तीय सेवा र बीमाको फाइदाबारे सर्वसाधारणको चेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरे । हाल १२ प्रतिशत मात्रै नागरिक बीमाको पहुँचमा रहेको भन्दै उनले सर्वसाधारणलाई बीमा बारे बुझाउन सके सबै नागरिक बीमाको पहुँचमा आउने बताए ।

‘बैंकिङ क्षेत्रमा पछिल्लो समय विश्वास बढ्दै गएको छ, तर बीमामा त्यो छैन’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईलवे भने– ‘बीमाले जोखिम बहन गर्छ भन्ने कुरा नबुझेकाले पनि बीमामा कम आकर्षण देखिएको छ, यस कार्यक्रमले त्यो कुरा बुझाउन सक्छ भन्ने मेरो विस्वास छ ।’ प्रविणता प्रमाण पत्र तह तथा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई विशेष गरेर एक्स्पोमा सहभागी गराउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले आर्थिक कारोबार व्यक्तिसँग गर्दा विभिन्न जोखिमहरु हुने भन्दै आर्थिक कारोबार सबै बैंकिङ प्रणाली मार्फत गर्न सर्वसाधारणलाई आग्रह गरे । बैंकिङ कारोबार बारे बुझ्न सके बचत र सुरक्षा दुबै हुने भन्दै कार्यकारी निर्देशक पौडेलले वित्तीय साक्षरताको अभियानले बैंकिङ कारोबारका फाइदाबारे गाउँगाउँमा बुझाउने विस्वास व्यक्त गरे । ७ सय ५३ स्थानीय तहमध्ये १ सय १६ स्थानीय तहमा सामान्य भौतिक पूर्वाधारहरुसमेत नभएका कारण बैंकहरुले शाखा खोल्न अनिच्छुक देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने समेत उनले बताए ।
कार्यक्रममा बोल्दै बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसादज ढुंगानाले बैंकहरुले अहिले शाखा विस्तार गर्ने अभियानमा रहेको जानकारी दिदै सबै स्थानीय तहमा बैंक शाखा पुगे पछि वित्तीय चेतनाको स्तरमा पनि बृद्धि हुने बताए । शहरमा पनि वित्तीय साक्षरताको कमी हुने गरेको भन्दै अध्यक्ष ढुंगानाले हरेक नागरिकलाई वित्तीय साक्षरताबारे बुझाउन सके मात्रै बैंकिङ कारोबारमा आकर्षण बढ्ने बताए ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरतराज ढकालले बैंकिङ शिक्षाबारे बुझाउन सरकार तथा स्थानीय तहसँग सहकार्य गरेर यस्ता कार्यक्रम दूरदराजमा पुर्याउनु पर्ने बताए । सर्वसाधारणलाई कर्जा दिएर उद्यमशील बनाउन बैंकहरु अग्रसर हुनु पर्ने भन्दै अध्यक्ष ढकालले कर्जाको दायरा बढाउनु पर्ने समेत बताए । बैंकिङ÷बीमा एक्स्पोले बैंक र बीमा बारे सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्र बैंक पोखरा शाखाका कामु निर्देशक तिलक बहादुर गुरुङले पोखरामा एक्स्पो आयोजना हुनु स्थानीयका लागि अवसर भएको बताए । पोखरा शहरी क्षेत्र भए पनि वित्तीय चेतना अझै अभाव रहेको भन्दै कामु निर्देशक गुरुङ एक्सपोले वित्तीय चेतना वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक एवं आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बैंकिङ चेतना बिना उद्यमशीलता हासिल गर्न नसकिने भन्दै युवा तथा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको बताए ।
सोमबार सम्म चल्ने एक्स्पोमा २ दर्जन बढी बैंक वित्त तथा बीमा कम्पनीहरुको स्टल राखिएका छन् । एक्स्पोको बैंकिङ पार्टनरमा प्रभु बैंक र गरिमा विकास बैंक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु