उच्च दरको आर्थिक वृद्धि हाँसिल गर्न भारत र चीनको लगानी अनिवार्य : डा. श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १४ गते, बुधबार ०९:४४

काठमाडौं-राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा लगानीको विषयमा विशेष कुरा हुने विश्वास दिलाए । उनले भने,‘आजको दिनसम्म हेर्दा, नेपालमा भारत र चीनको बढि लगानी छ, अब पनि हामीले लगानीमा जोड दिनुको साथै लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्नेबारेमा नै विशेष महत्व दिनुपर्छ।’बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालमा समृद्धिको कुरा धेरै सुनिएपनि वर्तमान सरकारको नेतृत्वमा त्यो सम्भव हुने कुरामा आफू विश्वस्त रहेको सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सुशासन, आर्थिक समृद्धि, आर्थिक वृद्धिका कुराही हामीले सून्दै आएका कुरा हुन्, वाम गठबन्धनको नेतृत्वमा बनेको वर्तमान सरकार झण्ड दुई तिहाईले गठन भएको छ, प्रधानमन्त्री ओलीलै सानो, चुस्त र दुरुस्त मन्त्रिमण्डल गठन गर्नुभएको छ, अत्यन्तै सुझबुझका साथ विज्ञ र क्षमतावान व्यक्तिलाई मन्त्री बनाउनुभएको छ, उहाँले बलियो र अनुभवी टिम बनाउनुभएको छ, यो नै राम्रो संकेत हो।’

उनले एमाले–माओवादीको बाम गठबन्धनमा सम्मिलित कार्यदलले चुनावमा जनतासामू प्रतिबद्धता व्यक्त गरेका घोषणाहरुलाई कसरी कार्यान्वयन गर्ने भनेर डिटेल रोडम्याप बनाएर बुझाईसकेको पनि सुनाए । उनले प्रधानमन्त्री ओलीले देखेको भीजन पूरा गर्ने बेला आएको पनि बताए ।उनले थपे,‘मुलुकमा स्थायित्व आएको छ, सरकारले भ्रष्टाचारलाई नसहने मेसेज दिईसकेको छ, अब काममा ढिलासुस्ती हुनुभएन्, यसो गर्न सकियो भने वैदेशिक लगानी पनि बढ्छ, अब संघीय संरचनाअनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्छ, जुन अहिले अलिकति ढिलासुस्ती देखिएको छ, कानून बन्न बाँकी नै छ, अब कर्मचारी कार्यक्षेत्रमा जान अनावश्यक ढिलाई गर्नुहुँदैन्।’

 

श्रेष्ठले वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अत्यन्तै अनुभवी, लोकप्रिय र भिजनरी नेता भएकोले कर्मचारी व्यवस्थापन पनि चाँडै हुनेमा आफू विश्वस्त रहेको सुनाए । सरकारले नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक गर्नेपनि उनले जनाए । त्यस्तै एक दुईदिनभित्रै सरकारले स्वेतपत्र जारी हुने पनि उनको भनाई थियो ।उच्च दरको आर्थिक वृद्धि हाँसिल गर्न भारत र चीनको, र अन्य देशको लगानी आवश्यक रहेको उनले स्पष्ट पारे । समृद्धि हाँसिल गर्नेगरि सरकारले आफ्ना पाईलाहरु चाल्नुपर्ने उनको सुझाव थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु