एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

प्रधानमन्त्रीले भारत भ्रमणमा लगानी बढाउनेगरि कुरा गर्नुपर्छ : डा. शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १४ गते, बुधबार ०९:४८

काठमाडौं- पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिए । कलकता र विसखापटन बन्दरगाहा निर्वाद रुपमा चल्नुपर्ने शर्माको भनाई थियो ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल आफ्नो प्राथमिकतामा चुक्न नहुने धारणा राखे । उनले भारतीय सामानहरु नेपाल दुई दिनभित्रै आउन सक्ने वातावरण बनाउनुपर्ने र नेपालका सामानहरु बढिभन्दा बढि भारत निर्यात गर्नतिर जोड दिनुपर्ने बताए ।लगानी भन्ने कुरा पानीजस्तै भएकोले आगामी दिनमा नेपालले उद्योग, कलकारखाना खोल्नको लागि र सञ्चालनको लागि कम्प्युटराईज्ड गर्नतिर ध्यान दिनुपर्ने उनको सुझाव छ ।

उनले भने,‘अब हामीले अनलाईन सेवामा केन्द्रित हुनुपर्छ, फाईल लिएर कर्मचारीसँग पुग्न नपरोस्।’ चीन र भारत नेपालका असल मित्रराष्ट्र भएकोले नेपालले अब दुवै छिमेकी मित्रराष्ट्रसँग निर्यात बढाउनुपर्ने पनि उनले सुझाए । उनले भने,‘नेपालबाट निर्यात १ रुपैयाँको हुँदा आयात १४ रुपैयाँको छ, अब हामीले निर्यात बढाउनुपर्छ।’नेपालको आर्थिक वृद्धिदरको आधार नै कषि, जलस्रोत, पर्यटन भएकोले सरकारले यही अनुसार आफ्ना प्राथमिकताहरु अघि बढाउनुपर्ने सुझाव दिए ।यद्धपी उनले प्राथमिकतामा राखिएका कार्यक्रमहरु कार्यान्वयन नभएकोले अब त्यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले कृषिमा २१ प्रतिशत जमिनमा वर्षैभरि खेति हुने भएकोले अब यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताए । ‘यसले गर्दा प्रदेश नम्बर २ को समृद्धि हाँसिल गर्न मद्दत पुग्छ।’–उनले भने । शर्माले ७ वटै प्रदेशमा उद्योग तथा कलकारखाना खोल्ने उद्देश्यले करिब ७ हजार बिघा जमिन तयारी अवस्थामा रहेकोले यसको लागि बाटो घाटोमा जोड दिनुपर्ने बताए ।उनले नेपालले यो आगामी चार वर्षभित्रै नीजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाईसकेर प्लेन ल्याउनुपर्नेमा जोड दिए । त्यस्तै भैरहवा र पोखराको विमानस्थल पनि पनि चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।शर्माले मुलुक संघीय संरचनामा गएकोले खर्च ३०० देखि ३५० अर्बसम्म प्रत्येक वर्ष थपिने भएकोले सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए । उनले थपे,‘पुँजीगत खर्च हुन सक्दैन, अत्यन्तै कम छ, अब यसलाई बढाउनुपर्छ ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु