दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालीहरूको महान पर्व वडा दशैँको बिदा काटियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १५ गते, बिहीबार १३:४१

काठमाडौँ – सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ ।वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले अघिल्लो वर्षको तुलनमा २२ दिन बिदा कटौति गर्दै २०७५ सालमा ८९ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नेपालीहरूको महान पर्व विजया दशमीमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती भएको छ । वडा दशैँमा १० दिन बिदा दिइँदै आएकामा अब जम्मा ७ दिन बिदा हुने भएको छ ।

दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।सरकारले २२ दिन बिदा कटौती गरेको छ । कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । अब संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने छ अन्य कुनै पनि दिवसमा सार्वजनिक बिदा हुने छैन ।

संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने सरकारको निर्णय छ ।कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई तोड्दै ओली सरकारले यस्तो निर्णय गरेको हो । ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु