काठमाण्डौ -काठमाण्डौको ४ नं वडा अन्तर्गत महाराजगन्जको पुर्व दक्षिणमा , बिशालनगर र बालुवाटारको बिच भागमा अवस्थित लिच्छवीकालीन एैतिहासिक इतिहास बोकेको पेगौडा शैलीमा निर्मित ट इक्षुमति नदी किनारमा अवस्थित टँुडालदेवी मन्दिर एक लिच्छवीकालको एैतिहासिक धरोहर हो ।
हरेक वर्ष चैत्र महिनमा टँुडालदेवीको जात्रा हुने परम्परा अनुसार भोलि टँुडालदेवीको जात्रा मनाउन लागिएको छ ।नजीकैको अर्को देवगण भाटभटेनीलाई यिनको छोरी ज्वांई मानिएको छ| वर्षेनी चैत्रशुक्ल पूर्णिमामा टुडालदेवीको परम्परागत जात्रा चलाईन्छ जस्मा भाटभटेनीको विशाल मूर्ति टुडालदेवी मन्दिरमा ल्याईन्छ|यो जात्राको महत्व पूर्ण भाग हाडिगाउको गहना पोखरीमा सम्पन्न हुन्छ|
टुँडालदेवी खटजात्राबारे भाटभटेनीले राति नै र्फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।बलि दिइएको राँगाको रगतले नुहाएका पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा )को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदा का दिन हुने गर्छ।
त्रयोदशीको राति भाटभटेनी(मपता अजिमा )लाई टुँडालदेवीबाट र्फकाइँदा मृत्युकर्ममा बजाइने सिं:बाजा बजाइन्छ भने सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ। जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ।यति धेरै देवदेवीको खट एकै स्थानमा ल्याईउनुले पनि टुडालदेवीको महिमा एवं महत्व बुझ्न सकिन्छ|