एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

साउदी जेलमा रहेका रानाको जीवनरक्षार्थ ‘ब्लडमनि डोनेशन’ अभियान सुरु, परिवारद्धारा सहयोगको याचना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १८ गते, आईतवार ०५:३४

काठमाडौं-विगत ७ महिनादेखि साउदीमा जेलजीवन बिताईरहेका गोरखा बोर्लाङका कुमार रानाको जीवन रक्षाको लागि ब्लड मनी डोनेशन अभियान–२०१८ सुरु गरिएको छ ।रिपोर्टर्स क्लब नेपालमा पीडितको तर्फबाट राना मगरको जीवन रक्षाको लागि ब्लडमनि संकलन अभियानले पत्रकार सम्मेलन गरेर आजैबाट अभियान सुरु गरेको जानकारी दिईएको हो ।कुमार रानाकी श्रीमती अम्बिका रानामगरले साउदीमा जेलजीवन बिताईरहेका आफ्ना पति रानाको उद्धारमा साथ दिनको लागि आग्रह गरेकी छिन् ।

उनले अघि थपिन्‘मेरा पति विगत ६ वर्षदेखि बैदेशिक रोजगारमा गएका कुमार राना मगर असोज १० गतेदेखी साउदीको जेलमा जीवन बिताईरहनु भएको छ ।’उनले अघि थपिन,‘नेपालीको बाध्यतामाथि बिडम्बना आईलाग्दो रहेछ, गासँ, बास र कवासको बन्दोबस्त गर्ने उद्देश्यले विदेश जानुभएको श्रीमान जेलमा परेको खबर सुन्दा दुःखित छौँ, पाँच महिना बितिसक्दा पनि कतैबाट उद्दारको पहल भएन ।’आफ्ना पति द गोरखाज नामक म्यानपावरबाट साउदी गएको जानकारी दिईन् ।

उले भनिन्,‘२०७३ साल चैत्र १२ गते उहाँले रोकी राख्नुभएको गाडिमा पछाडिबाट आएको गाडिले ठक्कर दियो र त्यही केशमा उहाँलाई विभिन्न कागजमा सही गर्न लगाएर फसाईएको छ ।’उनले अघि थपिन्,‘अब मेरो लागि मेरो प्राण मेरो सिउँदोलाई पाउन र तीन वटा छोरीछोरी वात्सल्य भेट्न र आमाबाबाको बुढेसकालको भरोसाको छोरो पाउन साउदीबाट पठाएको पैसाले नै जेनतेन बाँच्दै आएका हाम्रा लागि यहाँहरुसमक्ष सहयोगको याचना गर्नुबाहेक अर्को बाटो रहेन ।’

कम्पनिका मालिकले घाईते साउदी नागरिकसँगको मिलापत्र कागजको नाममा स–हस्ताक्षर गर्न लगाएर कुमार रानालाई फसाईएको पीडित परिवारको दाबी छ । पीडित परिवारले नक्कली कागज बनाएर आफ्नो मान्छेलाई फसाईएको भन्दै जेलजीवन बिताईरहेका कुमार रानालाई तत्काल उद्दार गर्न सरकारसँग माग गरेको छ । रानाको बाआमा श्रीमती, दुई छोरी र एक छोरा छन् । उनलाई उद्दार गर्नको लागि नेपाली करिव ८३ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

परिवारले आफूहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकोले सहयोगको याचना समेत गरेको छ ।बैदेशिक रोजगारमा गएर अप्ठ््यारोमा परेका नेपालीहरुको उद्दारमा क्रियाशिल कलाकारद्धय रुपा लामा र नविन खड्काको सम्पर्कमा रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयसम्म आएकी कुमार रानाको जीवन संगिनीले आफ्नो श्रीमानलाई सकुशल स्वदेश फर्काउनको लागि साथ र सहयोग मागिरहेकी छन् ।कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले रानाको जीवनरक्षाको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

उनले आफूल क्लब र नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमार्फत उनको बचाउको लागि अभियान चलाउने विश्वास दिलाए । त्यस्तै कार्यक्रममा कुमार राना रक्षाको लागि सञ्चालन गरिएको अभियानका संयोजक कृष्ण प्रसाद ढकालले सबै नेपालीहरुलाई सक्दो सहयोग गर्नको लागि आग्रह गरेका छन् । उनले भने,‘कुमार रानाको उद्धारको लागि मनकारी नेपालीहरुले साथ दिनुस्, थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै सानो सहयोगले कुमार जीको जीवन सकुशल नेपालमा आफन्तको सामू उभ्याउन सक्छौँ, हामी यस अभियानमा लागेका छौँ, कुमार रानाको जीवन रक्षाको लागि सहयोग गर्न चाहने माहनुभावहरुले प्रभु बैंक कलंकी शाखाँ काठमाडौंमा रहेको खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा सक्दो सहयोग गर्नको लागि हार्दिक आग्रह गर्दछु।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु