दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

रोटरी क्लव अफ बुटवलको अध्यक्षतामा पन्थ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १८, आईतवार ०६:१८

बुुटवल – रोटरी क्लव अफ बुटवलको वर्ष २०१८/१९ का लागि प्राज्ञीक व्यक्तित्व रोटरीयन नारायण प्रसाद पन्थको अध्यक्षतामा नयां कार्यसमिति गठन भएको छ ।समाजसेवी एवं शैक्षिक व्यक्तित्व पन्थ यस अघि क्लवको इलेक्ट प्रेसिडेण्ट हुन् हुन्थ्यो । त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक रहनु भएका पन्थ रुपन्देहीका दुई दर्जन बढि सामाजिक संघ संस्थामा आवद्ध हुनु हुन्छ । शिक्षा क्षेत्रको विज्ञका रुपमा स्थापीत पन्थले नेपाल संस्कृत विश्व विद्यालयबाट मोदनाथ प्रसिद्धका महाकाव्यमा अलंकार शिर्षकमा विद्यावारीधि अन्तिम चरणमा पुराउनु भयको छ ।

पन्थले नेतृत्व गरेको क्वलको निर्वतमान अध्यक्षमा राजेन्द्र लम्साल, निर्वाचित अध्यक्षमा डिल्ली कुमार श्रेष्ठ, मनोनित अध्यक्षमा सुनिल श्रेष्ठ, उपाध्यक्षमा डा। तारा प्रसाद उपाध्याय, सचिवमा दया भण्डारी रहेका छन । त्यसैगरी कोषाध्यक्षमा यदुनाथ पाण्डे, सहसचिवमा रोमनाथ शर्मा, सह कोषाध्यक्षमा रामवहादुर भण्डारी रहेका छन् ।

त्यसैगरी क्लवको प्रशासन समितिको निर्देशकमा सूर्य राना, परियोजना सेवा समितिको निर्देशकमा बोनिन पिया, मेम्मरसिप समितिको निर्देशकमा खेम पुन, रोटरी फाउण्डेशन समितिको निर्देशकमा खेमनारायण पराजुली, जनसम्पर्क समितिको निर्देशकमा प्रज्ववल थान्जुु, नयां पुस्ता समितिको निर्देशकमा करुण खनाल, साक्षरता समितिको निर्देशकमा मधु प्रसाद अर्याल, सर्जन एट आम्स प्रथममा यादव घिमिरे, सर्जन एट आम्स द्वितीयमा लक्षमण श्रेष्ठ, सम्पादकमा कृष्ण पराजुली , सह सम्पादकमा राजेन्द्र बहादुर जिसि चयन हुनु भएको छ । क्लवको संरक्षकमा अजयमान श्रेष्ठ रहनु भएको छ । उहाँ क्लवको पुर्व अध्यक्ष हुनु हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु