ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

निर्मातालाई थाहै नभइ ‘कृ’को पुरानो गीत बेपत्ता भएर नयाँ गीत आयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १८, आईतवार १०:३१

सुरक्षा भट्टराई काठमाडौँ – चलचित्र ‘कृ’को यतिबेला निकै चर्चा चुलिएको छ । चलचित्र रिलीज भएको धेरै समय बितिसक्यो तर यसको चर्चा सेलाउनुको सट्टा झनै बढ्दो छ । यति धेरै चर्चा चल्नुको कारण चलचित्र नभइ यसको गीत हो । जुन गीतले निकै विवाद निम्त्याएको थियो । गीतले यतिसम्म विवाद ल्यायो कि चलचित्रका निर्माता सुवास गिरीले जेलको हावा खानुपर्यो । उनलाई गीत चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको थियो । हिरासतबाट निस्कनासाथ उनले राजधानीमा पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको बताएका थिए ।

सम्झना चलचित्रका निर्माण शम्भु प्रधानले प्रहरीसँग मिलेर आफूलाई बिना कारण पक्राउ गराएको र जबरजस्ती ११ लाख रुपैयाँ तिराएको आरोप लगाएका थिए । उनले आफूलाई प्रहरीको आडमा प्रधानले ३ वटा सर्त मान्न बाध्य पारेको समेत बताएका थिए ।लगत्तै आज फिल्मको विवादित गीत युट्युबबाट बेपत्ता भयो । पुरानो विवादित गीत हटेसँगै युट्युबमा नयाँ गीत देखा पर्यो । नयाँ गीतको बाँकी शब्द उही थियो । विवादमा परेका शब्द मात्र गीतबाट हटाइएको थियो ।

फिल्म रिलिज भइसकेर अधिकांश हलबाट पनि हटिसकेपछि एक्कासी नयाँ गीत देखा पर्नु अस्वभाविक थियो । अचानक नयाँ गीत देखिएपछि लागी डिसी नेपालले चलचित्रका सह निर्माता भुवन केसीसँग सोध्दा उनले आफूलाई यसबारे जानकारी नै नभएको बताए ।डिसीनेपालको प्रश्नमा भुवनले भने ‘खै मलाई थाहा भएन । म क्याप्टेनको सुटिङमा छु । सुवास गिरीलाई सोध्नुस् है ।’ सहनिर्मातालाई थाहै नभइ गीत युट्युबमा आएपछि उनले भनेअनुसार निर्माण सुवास गिरीलाई सम्पर्क गर्दा अर्को रोचक घटना भयो । सुरुमा गिरीको मोवाइलमा फोनको घण्टी बज्यो । लगत्तै उनको फोन काटियो । फेरि फोन गर्दा उनको फोन अफ भइसकेको थियो । नयाँ गीत आएसँगै केही प्रश्नहरु उठेका छन् । ‘कृ’ टिमले प्रधानको शर्त मानेको हो वा यो झमेलाबाट उम्कन मात्रै यस्तो गरेको हो भन्ने प्रश्नको जवाफ भने अहिलेसम्म आएको छैन ।

भिडीयो:

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु