एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

प्रधानमन्त्रीको भ्रमणसँगै बुद्धको जन्मबारे गलत प्रचार हटोस : पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २० गते, मंगलवार ११:३७

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘उहाँ दुई तिहाईको प्रधानमन्त्री हो, अब अलमल नगरी भएका सबै खाले सन्धि तथा सम्झौताहरु कार्यान्वयन गनुपर्छ, त्यतातिर ध्यान दिनुपर्छ।’नेपाल–भारतबीच अत्यन्तै राम्रो सम्बन्ध भएको उल्लेख गर्दै पोखरेलले भने,‘हामीबीच परम्परागत सम्बन्ध छ, सामाजिक–साँस्कृतिक, धार्मिक सम्बन्ध प्रगाढ छ, जसरी सम्बन्ध प्रगाढ छ, त्यसैगरि समस्याहरु पनि धेरै छन्।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आउँदो वर्षामा तराई डुब्न नहुने धारणा राख्दै यो विषयमा प्रधानमन्त्रीले स्पष्ट रुपमा कुरा राख्नुपर्ने सुझाव दिए । भारतले कबुल गरेका कुराहरु अहिलेसम्म कार्यान्वयन नभएकोले प्रधानमन्त्रीले यो विषयमा पनि कुरा राख्नुपर्ने उनको धारणा थियो । त्यस्तै उनले बुद्ध भारतमा जन्मिएको भनेर भारतीय तर्फबाट एकतर्फी रुपमा गलत प्रचार भएको भन्दै प्रधानमन्त्रीले यो भ्रमणमा स्पष्ट गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमणसँगै अब बुद्धको जन्मबारे गलत प्रचार हट्ने मैले विश्वास लिएको छु।’

प्रधानमन्त्री ओलीले बोलीमा अडान भएको नेता भएकोले उनले सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल तराई हुँदै काठमाडौंमा ल्याउनु नेपालको आवश्यकत्ता रहेको सुनाए । उनले भने,‘त्यस्तै चीनीयाँ रेलपनि केरुङ हुँदै काठमाडौं ल्याउनुपर्छ।’त्यस्तै उनले विद्युत बैंकमार्फत आपसी हितमा बार्टर सिष्टममा उपयोग गर्नुपर्नेमा जोड दिए ।उनले भने,‘विद्युत मुल्य कायम गरेर पारस्परिक हितमा उपयोग गर्नुपर्छ।’ उनले अब सरकारले आर्थिक–कूटनीतिकमा जोड दिने भएकोले भ्रमण पनि सोही विषयमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

उनले आर्थिक सहायता कोष खडा गरेर सबै फण्ड सोही कोषमार्फत चलायमान बनाउनुपर्नेपनि सुझाव दिए । नेता पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउनबारे कुरा हुने विश्वास दिलाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु