विहान उठेर किसानलाई गोरु नार्न हतार छ
घर बढारी चिया पकाउन गृहिणीलाई हतार छ
नेतालाई मिटिड.मा समयमै पुग्न हतार छ
यात्रुलाई ठीक समयमा बसपार्क पुग्न हतार छ
काम नहुने लफड.गाहरुलाई सिनेमा हेर्न हतार छ
जेप कतर्ने चोरलाई जेप काटन् हतार छ
पूर्वका घामलाई पश्चिम जान हतार छ
छोरालाई ठूो भएर बाबुसंग अंश माग्न हतार छ
छोरीलाई राम्रो ज्वाँई पाउन हतार छ
छोरा छोरी नहुनेलाई छोरा छोरी पाउन हतार छ
विद्यार्थीलाई पढ्न सानालाई बढ्न हतार छ
पसलेलाई लाभ गर्न र ठग्नेलाई ठग्न हतार छ र
गरीबलाई भरेको छाक टार्न
सुकुम्बासीलाई छाप्रो सार्न हतार छ
सारै भएका मधौरुको वैतरणी गर्न र
म्रिसकेकाहरुको दाह संस्कार गर्न हतार छ
टाढा भएका परदेशीलाई घर पुग्न र
विवाह गरेका युवकलाई मैतालु ल्याउन हतार छ
पेटमा भएका शिशुहरुलाई बाहिर आउन र
दुखः पाएका बुढा बुढीलाई मर्न पनि हतार छ
यो सब सम्झदा मलाई पनि
के को हो के को हो हतार छ
स्वर्गीय केवली सेढाईका कविता :