पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

धनगढीको चौरहामा विप्लवका कार्यकर्ता र प्रहरीबीच झडप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४ गते, शनिबार १०:३९

धनगढी-धनगढीको चौरहामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ |शनिबार जनआन्दोलन दिवसको अवसर पारेर सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच धनगढीको चौराहमा झडप भएको हो। झडपमा परेर नेकपाका १५ कार्यकर्ता घाइते बनेको एक नेकपाका जिल्ला नेताले जानकारी दिए।

नेकपाले आफूहरुको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर आफ्ना कार्यकर्ता घाइते हुनेगरी कुटपिट गरेको आरोप लगाएको छ। उसले दोहोर झडप भन्दै प्रहरीले आफ्ना कार्यकर्तामाथि खोजीखोजी आक्रमण गरेको बताएको छ।यता प्रहरीले भने प्रशासनको अनुमतिविना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेको र रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ।प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु