तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

मलाई जति सरापे पनि कर्मचारीले छुट पाउने छैनन् : मन्त्री पण्डित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४, शनिबार १०:५१

पाल्पा — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफुलाई जति सरापे पनि कर्मचारीले छुट नपाउने बताएका छन् । उनले काठमाडौंका सडकमा हल्लिएर महिनामा कामै नगरी तलब बुझ्नेहरुको लागि आफू जाती बन्न जरुरी नभएको बताए ।सामुदायिक रेडियो मदनपोखराको २० अौँ वर्ष प्रवेशको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले कर्मचारीले खटाएको ठाउँमा गएर जनताको काम गर्नुपर्ने बताए। ‘आफुलाई खटाएको ठाउँमा जनताको काम गर्नुपर्छ भन्ने हो भने मन्त्रीलाइ नजाती भन्छन्,’ उनले भने, ‘जनताको काम गर्नु्स्।

मलाई सरापेर भएपनि जनताको काम गर्नुस्। त्यो सराप लाग्दैन।’ उनले कर्मचारीले राष्ट्र सेवक हुँ सेवा नगरी म राष्ट्र सेवक भन्ने दिन अब सकिएको बताए।उनले कर्मचारीलाई सेवा गर्न मन छैन भने सेवा गर्ने युवाको ताँती लागेको बताए। ‘आकर्षणको सेवा निजामती नै हो,’ उनले भने, ‘त्यसैले पनि सरकारले राष्ट्र सेवकको शीर निहुराउन दिने छैन।’ जनताले राष्ट्रसेवकले मेरो सेवा राम्रोसँग गरेको छ भनेर भन्नु पर्ने उनले बताए। उनले राम्रो काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने पनि बताए।

उनले कर्मचारीलाई खटाएको कार्यालयमा काम गर्न तयार भए जान र होईन भने घर जान तयार रहनसमेत आग्रह गरे। ‘कोही कर्मचारीलाई पनि मैले ताल्चा लगाएर राख्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘बेरोजगार युवालाई विदेशमा होइन, स्वदेशकै निजामती सेवामा प्रवेश गराउन चाहान्छु।’ पहिला फल होइन पहिला कर्म गर्न कर्मचारी प्रशासनलाई उनले आग्रह गरे।बिरामी विदा लेखेर बाह्य मुलुकमा पुगेर गैरसरकारी संस्थामा काम गर्न पुगेकालाई समेत उनले फर्केर ढाँटछल नगरी काम गर्न आग्रह गरे। देश र सरकारलाई ढाँट्ने र सेवालाई बदनाम गर्नेलाई कुनै पनि छुट नदिने उनले बताए।

‘त्यसैले मलाई वहाँहरुले जति सरापेपनि छुट पाउनु हुने छैन,’ उनले भने, ‘राम्रो सेवा गर्नेलाई म आफैँ फुलमाला लिएर आउने छु तर जालझेल र षडयन्त्र गर्नेलाई छाड्नेवाला छैन।’ उनले जनप्रतिनिधिले आफना सेवा सुविधालाई बढी ध्यान दिँदा जनताको आक्रोश बढ्न सक्ने बताए। आफू र आºनो सुविधालाई होइन, जनतालाई हेरेर कानुन बनाउन उनले आग्रह गरे। मनत्री पण्डितले प्रशासनिक रुपमा संक्रमणकाल सुरु भएकाले यस्तो बेलामा संयमित भएर काम अघि बढाउन जनप्रतिनिधिलाई आग्रह गरे। ‘गाउँ, नगरमा कर्मचारी पुगेका छैनन्,’ उनले भने, ‘यसको समस्या असार मसान्तसम्म समाधान हुनेछ।’
-कान्तिपुर दैनिक/माधव अर्याल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु