सरकारको ढुुकुटी रित्तिएको छैन,डराउनु पर्ने अवस्था होइन : रामेश्वर खनाल,पुर्व अर्थसचिव(अन्तर्वार्ता भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४ गते, शनिबार १०:५७

आर्थिक स्वेत पत्रमा उल्लेख गरे जस्तो सरकारको ढुकुटीमा पैसा नभएको होइन । अर्थतन्त्र अर्थमन्त्रीले भने जस्तो टाट पल्टिएको छैन । सरकारी ढुकुटी पनि रित्तिएको छैन । सरकारी ढुकुटीमा पैसा रित्तिने अवस्था आएको छैन । वर्तमान अर्थतन्त्रको अहिलेको अवस्था प्रति डराउनु पर्ने अवस्था होइन । कसैले पनि त्यति धेरै चिन्ता लिनु पर्ने अवस्था हो जस्तो लाग्दैन ।

हामीले यो भन्दा धेरै कठिन र जटिल अवस्था पार गरेर आइसकेका छौ । सरकारको ढुकुटीमा हुने दुरुपयोग र बजेटमा हुने गरेको खिचातानी प्रति सावधानी अपनाउनु राम्रो कुरा हो । आम्दानी र खर्चमा तालमेल गर्न जरुरी छ ।

अहिले डराउनु पर्ने अवस्था आएको छैन । अर्थमन्त्री डा युवराज खतिवडा अर्थतन्त्रको राम्रो जानकारी ब्यक्ति हुनुहुन्छ, उहाँले कसैको दवावमा नपरिकन अर्थतन्त्र अगाडि बढाउन सक्नु हुन्छ । उहाँले किन ढुकुटीमा पैसा रित्तियो भन्नु भयो, त्यो मैले भन्न सक्दिन ।

देशको अर्थ अवस्था प्रति राम्रो जानकार पूर्व अर्थ सचिव खनालसंगको कुराकानी ।

— सरकारी ढुकुटी रित्तिएको छैन ।
— आम्दानी र खर्चमा तालमेल गर्न जरुरी छ ।
— बजेट खिचातानी प्रति सावधानी अपनाउनु राम्रो कुरा हो ।
— दबाबमा नपरी अर्थमन्त्रीले अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु