काठमाण्डौ – कालो हरिणको शिकारमा जेल परेका दबंग हिरो सलमान खान जमानतमा रिहा भएका छन । ।भारतको राजस्तानको जोधपुरका सेसन जर्जले सलमान खानलाई आज अपरान्ह बीस हजार रुपैयामा जमानतमा रिहाको आदेश दिएका हुन । सलमानलाई रिहाईको आदेश दिने जर्ज रबिन्द्र कुमारको हिजो मात्रै सरुवा भएको थियो ।
दबंग हिरो सलमानको रिहाइर्को समाचार बाहिर आए लगत्तै सेसनकोर्ट बाहिर समर्थकहरुले खुशी मनाएका थिए । सलमानको रिहाईको पुरा प्रक्रिया सांझ ६ बजेसम्मका पुरा हुने भारतीय संचार माध्यमहरुले जनाएका छन ।दबंग हिरो सलमानलाई जोधपुरको काकाणीमा बीस वर्ष अघि कालो हरिणको शिकारमा दोषी करार गरि ५ वर्ष जेल सजाय सुनाइएको थियो । सलमान खान विगत दुई दिन देखि जोधपुरको कारागारमा रहेका थिए ।