ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज रुपन्देही शाखा गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४, शनिबार १२:२४

बुटवल -रुपन्देहीमा क्रियाशिल कृषि क्षेत्रका पत्रकारहरुको भेलाबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज रुपन्देही शाखा गठन गरेको छ ।शनिबार बुटवलमा भएको भेलाबाट उपाध्यक्षमा कन्तिपुर टेलिभिजनमा अवद्ध भुवन पाण्डे र महिला उपाध्यक्षमा बुटवल एफएमकी रेनुका गीरीलाई चयन गरिएको छ ।यस्तै सचिवमा लुम्बिनी टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत विकास पराजुली, सह सचिवमा रेडियो मुक्तिकी मिना पाण्डे(अस्मिना) , कोषाध्यक्षमा सत्यदिप सन्देशका बसन्तराज बराल चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, दिनेश कुमार श्रेष्ठ, मिना पौडेल, झविन्द्र देबकोटा, गणेश बेल्बासे, हिक्मत चौधरी, प्रदिप आचार्य, कपिल अधिकारी, नविन घिमिरे चयन भएका हुन ।यस्तै नयाँ गठन गरिएको कार्यसमितिले विश्वास ढकाल, मनोरञ्जन शर्मा, त्रिलोचन दाहाल, यमलाल भुषाल र भगवती पाण्डेलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।यस्तै साधारण सदस्ययहरुमा प्रकाश खनाल, लक्ष्मण पोखरेल, विनोद परियार, चण्डी बस्याल, विमल तिवारी, प्रकाश आचार्य, सुरेश परियार, सुदिप भण्डारी, टक सुनार, आशिष चौधरी, गौरव खनाल, पुनहरी बेल्बासे, विरेन्द्र कुँवर, पुजा पन्थी , प्रकाश पाण्डे, मोहन न्यौपाने र ललित पाण्डे रहेका छन् ।

प्ररम्भीक भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले कृषि क्षेत्र नेपालको सबैभन्दा बढि आर्थिक क्षेत्रमा योगदान पु¥याउने क्षेत्र भएको कारण यसमा सञ्चारकर्मीहरुको विशेष ध्यान जानुपर्ने धारणा राखेका थिए ।उनले उर्जावान पत्रकारहरुको सक्रियतामा गठन गरिएको कृषि पत्रकार समाजले आगामी दिनमा कृषिको क्षेत्रमा थप रचनात्मक कार्य गर्नेमा समेत अपेक्षा लिए ।

कार्यक्रममा प्रेस सेन्टर प्रदेश नम्बर ५ कापाध्यक्ष रुद्रहरी कुँवर, प्रेस युनियन रुपन्देहीका सभापती विक्रम खड्का, प्रेस सेन्टर रुपन्देहीका उपाध्यक्ष गुनाराम घिमिरे, प्रगतिशिल पत्रकार संघ का कोषाध्यक्ष विरेन्द्र कुँवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका सह सचिव विनोद परियार लगायतले लिखित रुपमा शुभकामना दिएका थिए ।

-bulletinnepal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु