नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

नयाँ बर्षमा पोखरामा ‘पोखरा फुड कार्निभल’ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २४, शनिबार १२:४७

भरतपुर : प्रायः अंग्रेजी नयाँ बर्षमा मात्र रौनक देखिने पर्यटकीय नगरी पोखरामा नेपाली नयाँ बर्षमा पनि उल्लासमय हुने भएको छ । आई ब्लुज म्यानेजमेन्टले नयाँ वर्ष २०७५ को अवसरमा पोखरामा आकर्षक अफरसहितको ‘पोखरा फुड कार्निभल’ को आयोजना गर्ने भएको छ । पोखराको नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा चैत ३० गते कार्निभलको आयोजना गर्न लागिएको हो ।आई ब्लुज म्यानेजमेन्टका प्रवन्ध निर्देशक कुशल थापाले दुई हजार पाच सय जना पाहुनाहरुको उपस्थिति गराउने गरी तयारी गरिएको जानकारी दिए । सुन्दर नगरी पोखरामा सबैलाई भेला पारेर मनोरन्जन दिलाउने उद्देश्यले विभिन्न फुडस्टलका खानाका परिकार, ड्रिक, पार्टी र डिजे म्युजिकसहितको प्रस्तुति कार्निभलमा समावेश गरिएको उनको भनाई छ ।

उनका अनुसार कार्निभलमा विभिन्न आकर्षक अफर समेत ल्याइएको छ । जसमा उत्कृष्ट पोशाक लगाएर सहभागि हुने ४ जना मध्येबाट एक–एक जनालाई सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया ९बाली० घुम्नको लागि पठाइने अफर ल्याइएको छ ।यस्तै कार्यक्रममा उत्कृष्ट दाह्रीमा सहभागि हुनेलाई वेष्ट वियर्ड घोषणा गरी आइफोन एट प्लस उपहार प्रदान गरिने छ । त्यस्तै वेष्ट हेयर स्टाइलिस ५ जनालाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा एक पटकको सेवा निशुल्क उपलब्ध गराइने अर्का आयोजक धीरज थापाले जानकारी दिए । यस्तै उत्कृष्ट ड्रेस लगाउने महिलामध्येबाट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दश हजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ । कार्निभलमा डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउने छन् ।

दुई चरणमा सम्पन्न हुने कार्यक्रम अन्तर्गत पहिलो चरणमा चैत ३० गते दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको एक हजार रुपैया“मा प्रवेश पासको व्यवस्था गरिएको छ । यस्तै दोस्रो चरणको साझ” ५ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैया“ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको पोखरा फुड कार्निभलका संयोजक अमृत अधिकारीले बताए । संयोजक अधिकारीका अनुसार पोखराबाहिरका पाहुनालाई १२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको जानकारी दिए । जसमा फेवातालमा निशुल्क बोटिङ समेत समावेश गरिएको छ ।

कार्यक्रममा संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायस“ग सम्बन्धित ड्रेस कोड लगायत आफूलाई सहज लाग्ने जुनसुकै पोशाकमा उपस्थित हुन पाइने अर्की आयोजक सजना गोदारले जानकारी दिइन् । यसैबीच कार्यक्रमबाट संकलित प्रतिफलको १५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दिइने बताइएको छ ।

-सफल खबर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु