तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध : गृहमन्त्री थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २५ गते, आईतवार १४:४९

चितवन – गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भन्नुभयो ।

विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ्रष्टाचार, अनियमितता र नोकरशाहीतन्त्रका कारण यहाँका उद्योग व्यवसाय संरक्षण हुन नसकेकाले यसमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभयो । “चीन र भारतबाट ह्वारह्वार्री आउने सामानलाई नीतिगतरूपले व्यवस्थित नगरिएसम्म यहाँका उद्योग फस्टाउन सक्दैन ।” उहाँले भन्नुभयो, “कतिपय नीति भएर पनि कार्यान्वयन हुन नसक्दा यहाँका उद्योग व्यवसाय ओझेलमा परेका छन् । खुला सीमाका कारण तस्करी बढिरहेको र यसले नेपालको अर्थतन्त्रलाई डुबाइरहेको छ । ”

सरकारको मूल लक्ष्य विकास र समृद्धि नै हो भन्दै गृहमन्त्री थापाले गरिबीका कारण विगतमा यहाँको श्रम शक्ति पलायन हुँदै आएकामा अबको सरकारले स्वदेशमै उद्योग तथा व्यवसाय फष्टाउन प्रोत्साहित गर्ने बताउनुभयो । देशका उद्योग व्यवसाय २४ सैं घण्टा सञ्चालन हुनुपर्ने भन्दै उहाँले त्यसको सुरक्षाको प्रबन्ध सरकारले मिलाउँछ भन्नुभयो । यसअघि उक्त संघका तर्फबाट औद्योगिक गुल्म स्थापना गर्न, औद्योगिक वातावरणको सिर्जना गर्न, चन्दा आतंक तथा धम्की रोक्न, उधारो भुक्तानीको समस्या हटाउन, कर छलीका नाममा व्यवसायीलाई गरिने अमानवीय व्यवहार रोक्न, अस्पताललाई झै उद्योगलाई पनि विद्युत् शुल्कमा छुट दिन माग गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु