एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

भारतीय नेताहरुको एक स्वर :ओलीको भारत भ्रमण सफल र फलदायी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६ गते, सोमबार ०३:५३

नयाँदिल्ली-भारतीय नेताहरुले नेपालकाप्रधानमन्त्री केपीशर्मा ओलीको तीनदिने राजकीयभारत भ्रमण अत्यन्तै फलदायी र सफलभएको प्रतिक्रियादिएका छन् ।नयाँदिल्लीमा रहेकापत्रकार ऋषिधमलासँग संक्षिप्त कुराकानीगर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षीदुवै दलकाप्रभावशाली नेताहरुले यस्तो प्रतिक्रियादिएकाहुन् ।भारतीय गृहमन्त्री राजनाथ सिंहले धमलासँगको कुराकानीमाभने,‘ओलीजीको भ्रमण सफलभयो, यो भ्रमणसँगै अब नेपालमाविकास र समृद्धिको ढोकाखुलेको छ। भ्रमण कोशढुँगा सावितभएको छ, म त निकै खुशी र उत्साही छु ।’उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए ।

मन्त्री सिंहले नेपालको प्रगतिको लागिभारतले सदैव सहयोग गर्दै आएको र आगामीदिनमापनिझनै सहयोग बढाउने वचनदिए ।उनले भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिल्यान्यास गर्न छिट्टै नेपालभ्रमणमा जाने पनिजानकारी दिए । उनले नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्रीएवं सदाचारको धनीसमेत रहेकाले एक–अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जानओलीको भ्रमणसँगै मार्ग प्रशस्तभएको स्पष्ट पारे ।त्यस्तै नागरिक उड्यनमन्त्री सुरेश प्रभुले पनिप्रधानमन्त्रीओलीको भ्रमण सफल र फलदायीभएको टिप्पणी गरे । भ्रमणको क्रममाओलीको प्रस्तुतिलोभलाग्दो भएको उनले जनाए ।नेपालमा छिट्टै रेलमार्ग र जलमार्गको निर्माण हुने र कृषिमात्राmन्तिगर्ने समेत उनको विश्वास थियो । प्रभुले भने,‘नेपालले अबविकास गर्छ । आफू पर्यटनमन्त्री भएको नाताले नेपालको धार्मिक–पर्यटनको विकासमा सहयोग पुर्याउने पनिउनले प्रतिबद्धता जनाए ।

धमलासँगको कुराकानीमाउनले नेपालमावार्षिक १५ लाखभारतीयपर्यटकहरु पठाउने पनिबताए ।कानून, न्याय, विद्युततथाप्रविधिमन्त्रीरविशंकर प्रसादले प्रधानमन्त्रीओलीको तीनदिने नेपालभ्रमणफलदायीभएको विश्वास दिलाए ।उनले ओलीको भ्रमण नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई नयाँआयाममा पुर्याउनकोशेढुँगा सावितभएको जनाए ।भाजपाकामहासचिवराममाधवले पनिओलीको भ्रमणले द्धिपक्षीय सम्बन्धमानयाँअध्याय र आयामहरु थपिदिएको प्रतिक्रियादिए ।उनले भने,‘ऋषिजीतपाई आँफै भ्रमणमा हुनुहुन्छ, नेपालको राजनीतिकविषयप्रतिहाम्रो कुनै चासो छैन, किनकीराजनीतिकविषय नेपालले आँफै सेटल गरिसकेको छ।’

उनले भारतीयप्रधानमन्त्रीमोदी छिट्टै नेपाल भ्रमणमा जाने पनिजनाए । भारतले चाँडोभन्दा चाँडो वीरगंजहुँदै काठमाडौंसम्म रेल पुर्याउने पनिविश्वास दिलाए ।त्यस्तै कंग्रेस आईकामहासचिव द्धिगविजय सिंहले आफूहरुले पहिले पनि नेपालमाविकासको युगको सुरु हुनुपर्छभनेको र अहिलेपनित्यो चाहनायथावत रहेको सुनाए ।उनले भने,‘यसपटक मोदीजीले आफूलाई परिवर्तन गर्दै नेपाललाई सहयोग गर्छौं भन्नुभयो, हामीउहाँको प्रतिबद्धतामा समर्थन गर्छौं । नेपालकाप्रधानमन्त्रीको भ्रमणबाट हामीखुशी छौं ।

ओलीजीसँगहाम्रो अध्यक्षाराहुलगान्धी रपूर्व प्रधानमन्त्रीमनमोहन सिंहले भेट्नुभयो । हामी त उहाँको भ्रमणबाट निकै खुशी छौं।’भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादकामहासचिवसिताराम यचुरीले पनिओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमानयाँअध्याय सुरु भएको बताए । उनले भने,‘यो भ्रमणले नेपाल र नेपालीहरुकोमात्रै होईन, भारतीयहरुको पनिमतजितेको छ, उहाँको भ्रमण सफल र फलदायीभएको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु