नेपाली रेडियो नेटवर्कद्धारा बानकानवनिर्वाचितपदाधिकारीलाई बधाई तथा सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६ गते, सोमबार ०३:५७

काठमाडौं- नेपाली रेडियो नेटवर्क (एनआरएन) ले व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकाष्टीङ एशोसिएसनअफ नेपाल (बान)को महाधिवेशनबाट नवनिर्वाचितपदाधिकारीहरुलाई बधाइतथा सम्मानव्यक्त गरेको गरेको छ ।रिर्पोटस क्लब नेपालमाआयोजनागरिएको बधाईतथा सम्मानकार्यक्रममामहाधिवेसनबाट निर्वाचित सम्पुर्ण पदाधीकारीहरुलाई क्लबकाअध्यक्षतथा नेपाली रेडियो नेटवर्ककाअध्यक्षपत्रकार ऋषिधमलाले बधाई तथा सम्मान गरेकाहुन् ।सम्मानगर्दै अध्यक्षधमलाले रेडियो सूचनाको भरपर्दो सारथीबनेको बताए ।

उनले भने,‘०६२/६३ को जनआन्दोलनपछि जनतमा रेडियोको प्रभावह्वात्तै बढेको छ, अहिलेसम्मजनताले धेरै रेडियो नै सुन्ने गरेका छन्, सूचनाको पहुँचको लागि रेडियो साँच्चिकै लोकिप्रयबनेको छ।’ देशका हरेक कुना र काप्चामायसको प्रभाव धमलाले मुलुक संघीय संरचनामागएसँगै रेडियोको अधिकारी कटौतिगर्ने कुरा बाहिर आएको सुनाउँदै उनले आफूहरुलाई अधिकार कटौतीगर्ने कुरा मान्यनहुने बताए ।उनले जनआन्दोलनदेखि पहिलो संविधानसभाहुँदै संविधानजारी गर्दासम्म रेडियोहरुको भूमिका महत्वपूर्ण रहेको बताए । बानले अहिले सक्षम र योग्य टिम पाएको भन्दै सफलकार्यकालको शुभकामनादिए ।

कार्यक्रममा रेडियोका समाचार प्रमुखजीवन भण्डारी र प्रबन्धनिर्देशक अमृत अधिकारीले पनिनवनिर्वाचितहरुलाई बधाई दिँदै आगामीदिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाएकाथिए ।कार्यक्रममानवनिर्वाचितअध्यक्षचन्द्रप्रसादन्यौपानेले बानलाई संघियतामा स्थापित् गर्दै आगामीदिनमाव्यवसायिक रेडियोहरुको हितमाकामगर्ने बताएका छन् ।रेडियोहरुका केही मुद्धाहरुमा सरकारले अझैपनिचासो नदेखाएको बताएका छन् । उनले भने,‘१/२ बर्षदेखि बिचमा सञ्चार मन्त्रालयमा अड्किएर रहेका छन्, रेडियोलाई भेदभाव गरेर उद्योगसरह अरुले पाउने सेवासुबिधा छ,त्योसम्मनदिएको छ, यस कुरालाई पहिलो प्राथमिकतामाहलगरिनेछ ।

उनले मन्त्रालयले रेडियोको लाइसेन्स बिनाकारण नबिकरण नगरेको भन्दै यस बिषयमापनिआफुले छलफल गर्ने बताए ।उनले भने,‘सबै रेडियोहरु पैसा बुझाएका छन्, आजसम्म सञ्चार मन्त्रालयले बिनाकारण लाइसेन्स रोकेर राखेको छ, सबै कानुनीप्रकृयाहरु पुरा गरिएकाभएपनि राज्यपक्षबाटै व्यवसायीक रेडियोहरुलाई भेदभावभएको छ ।’कार्यक्रममाअध्यक्षन्यौपानेसहित बरिष्ठ उपाध्यक्षकुमार भट्टराई, उपाध्यक्षउज्जवलचौलागाई, महासचिवदुर्गा अधिकारी, उप–महासचिवगोविन्दराज रोस्यारा, सचिव राजकुमार थापा, कोषाध्यक्षनविन राई, सदस्यहरु उषाकिरण पन्त, सन्तोष दउजा, सुशान्त रिजाल, हरि जोशी, हिरा भट्टराई, राजविक्रमशाह, मुना गुरुङलाई सम्मानगरिएको थियो ।
त्यस्तै प्रदेश संयोजकहरु डा. सन्देशदास श्रेष्ठ, आरसी यादव, विपिन ढुंगाना, किरण लोहनी, माधव नेपाल, ज्ञानेन्द्रसिंह महतलाई पनि सम्मानगरिएको थियो । र, त्यस्तै आमन्त्रित सदस्यहरु हिमाल राई, रेनु पराजुली र किरणप्रसाद पाण्डेपनि सम्मानगरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु