रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नुवाकोट– तारकेश्वर मैत्री समाज काठमाडौंमा गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६, सोमबार ०४:०७

काठमाडौं -नुवाकोटबाट काठमाडौंको तारकेश्वरमा आएर बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरु एकजुट भएका छन् । तारकेश्वर १० स्थीत इमेज स्कुलमा शनिबार बृहद भेलाको आयोजना गदै नुवाकोट– तारकेश्वर मैत्री समाज, काठमाडौं गठन गरिएको छ । इमेज स्कुलका प्रिन्सीपल रामगोपाल खडकाको संयोजकत्वमा १५ सदसीय कार्यसमिति चयन गरिएको छ । पदाधीकारी सदस्यहरुमा बिरबहादुर तामाङ, रबिन थपलिया, श्याम प्रसाद पाण्डे, पुष्पराज गजुरेल, शालीकराम सापकोटा, उत्तम श्रेष्ठ, इन्द्र गुरुङ, उत्तम अधिकारी, रामशरण श्रेष्ठ, सबिना गजुरेल, राधिका रिमाल, प्रविना उप्रेती, बिनोद मिश्र रहेका छन् ।

पदाधीकारीहरुको कार्यविभाजन आगामी कार्यसमितिको बैठकले जिम्मेवारी दिने गरी भेलाले पदाधीकारीहरुको नाम अनुमोदन गरिएको हो । भेलाले नुवाकोट–तारकेश्वर मैत्री समाज, काठमाडौंको सल्लाहकार समितिमा चितित्सक संघका पुर्व अध्यक्ष डा. केदार नरसिंह केसी, तारकेश्वर नगरपालीका ९ का वडा अध्यक्ष बलराम सिटौला, नेपाल राष्ट्र बैकका बद्री प्रसाद खकुरेल, समाजसेवी रामप्रसाद अधिकारी, शिक्षा मन्त्रालयका उपसचिब अनिल मिश्र, साकुरा कन्सलटेन्सीका सञ्चालक अनुज कुमार श्रेष्ठ, लेखक/शिक्षक बिष्णु पनेरु, समाजसेवी चन्द्र खडका, समाजसेवी ऋषि लोहनी, नुवाकोट काठमाडौं गणतान्त्रीक मञ्चका अध्यक्ष किरण कुमार रिजाल, समाजसेवी केशव कार्की, प्रशासक बद्री खडका, समाजसेवीहरु बच्चुराम रिमाल,आनन्दराज आचार्य, तारकेश्वर नगरपालीकाका श्रोत व्यक्ति रामेश्वर पौडेल, प्राचार्य दिनेश पाण्डे, ट्रेकिङ व्यवसायी राजेन्द्र डंगोल, समाजसेवी दिपकराज थापा, पत्रकार बिष्णु जमरकटेल, बासुकीनाग टोल सुधार समितिका अध्यक्ष समाजसेवी हरिशरण पाठक, समाजसेवी उपेन्द्र लामा सहित २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

भेलाका संयोजक रामगोपाल खडकाले मैत्री समाजको गठन कसैसंग प्रतिष्पर्धाका लागि नभई तारकेश्वरमा बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरुको हक हितका निम्ती गठन गरिएको स्पष्ट पारे । भेलामा उपस्थीत सदस्यहरुले समाजको गठनले आफुहरु उत्साहीत बनेको भन्दै जिल्लाबासीहरुको हक अधिकारका निम्ती आवाज उठाउने साझा संस्था जन्मीएकोमा खुसी व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु