बुटवल– रुपन्देहीको तिलोत्तमालाई प्लाष्टिक झोला निषेधित नगरपालिका बनाउन अभियान थालिने भएको छ ।शनिबार मणिग्राममा सम्पन्न सरोकारवालाहरुको बैठकले आउँदो वैशाख १ गतेबाट अभियान थाल्ने निर्णय गरेको हो ।प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन समितिका संयोजक केशवराज न्यौपानेले वैशाख १ गते बिहान ७ बजे नयाँमिल चोकमा प्लाष्टिक झोला निषेधित अभियान घोषणासभा आयोजना गर्ने बताए ।सो घोषणासभामा अभियान सञ्चालनको सन्देशक दिइनुका साथै प्लाष्टिक झोलाको विकल्पका बारेमा सम्बद्ध सबैलाई जानकारी गराइने संयोजक न्यौपानेले बताए । तिलोत्तमाले अभियानसँगै आवश्यक तयारी पूरा गरेर नगरलाई प्लाष्टिक झोला र प्लाष्टिक गिलास निषेधित क्षेत्र घोषणा गरिने जनाएको छ ।