चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

कर्णालीको स्कुललाई माग्नेबुढा दम्पतीको ७५ हजार सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६, सोमबार ०७:२२

काठमाडौं – हाँस्यकलाकार केदार प्रसाद घिमिरे र उनकी श्रीमती सितादेवी तिमिल्सिनाले कर्णालीको स्कुललाई ७५ हजार सहयोग गरेका छन् । कर्णालीको एक बिद्यालयको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा पुगेका उनीहरुले उक्त रकम बिद्यालयलाई सहयोग गरेका हुन् ।कालीकोट जिल्लाको राशकोट नगरपालिकाको सिफ्टीबिशालीमा नेपालकै नमुना निशुल्क आवासिय बिद्यालय संचालनको सहयोगार्थ उनीहरुले सहयोग गरेको आयोजक कर्णाली फाउन्डेसनका अध्यक्ष तिलक प्रसाद उपाध्यायले जानकारी दिए ।

उनीहरुले गरेको सहयोगको रकम र कार्यक्रमबाट उठेका रकमले आवासिय बिद्यालयको साथमा अध्ययन तथा अनुसन्धान केन्द्र, धार्मिक पर्यटनको लागि नेपालकै ठुलो शिव मन्दिरको निर्माण, प्राविधिक शिलालय लगायतका अन्य संरचनाहरु पनि निर्माण गरिने फाउन्डेसनका सदस्य लिलाराज बरालले बताए ।

कर्णाली फाउन्डेसनकै कार्यक्रममा हाँस्य प्रस्तुतीका लागि पुगेका केदार र सिताले सामाजिक कामको लागि सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । गज्जबको अनलाईनसँगको कुराकानी गर्दै केदारले भने, ‘हामीलाई हाँस्यब्यङ्ग्य पस्तुतीको लागि बोलाउनु भएको थियो । यहाँ आएर यसको बारेम सबैकुरा बुझ्दा हामीलाई पनि सहयोग गर्न मन लाग्यो र हामी दुवैको पारिश्रमिकबाट ७५ हजार रुपैयाँ सहयोग गर्यौँ ।’

सहयोग रकमको बारेमा खुलेका केदारले पुरा पारिश्रमिक भने बताउन चाहेनन् । केदारले यसअघि पनि सामाजिक कामहरुमा आफुले सक्दो सहयोग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु