बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ मा यस क्षेत्रकै नमुना र अत्याधुनिक भवन र व्यवस्थासहितको विद्यालय सञ्चालनमा आएको छ । नमस्ते एकेडेमीका रुपमा स्थापना भएको यो विद्यालय करिब ५० करोड बराबरको लगानीमा सञ्चालनमा आएको हो ।भारतमा रहेको र अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल सेन्टजोन ग्रूप अफ स्कुल चेन्नइको शैक्षिक व्यवस्थापनमा यस क्षेत्रमा पहिलो पटक यसखालको आधुनिक विद्यालय खुलेको हो । सेन्टजोन ग्रूप अफ स्कुल चेन्नइका अध्यक्ष (चेयरमेन) डा.आर किशोर कुमारले आज सोमबार विशेष समारोहका बीच यो विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको एकेडेमीका सञ्चालक समिति अध्यक्ष विष्णुप्रसाद भुसालले जानकारी दिए ।मुलुकको शैक्षिक विकासमा योगदान पु¥याउन हामीले अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरको शिक्षा प्रदान गर्न नमस्ते एकेडेमी शैक्षिक संस्था नया“ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको सञ्चालक समितिका कार्यकारी निर्देशक रामु गौतमले जानकारी गराए । विशुद्ध नया“ प्रकृत्तिको व्यवस्थापन र पूर्णतया बालबालिकामैत्री रहेको निर्देशक गौतमको भनाइ छ ।
बालबालिकामा रहेको मोबाइल क्रेज हटाउने, टिभीमा गडेको काटुर्न क्रेज हटाउदै बौद्धिक विकासमा मद्दत पुराउने उद्देश्यसहित स्मार्ट कक्षा सञ्चालन गर्ने गरी विद्यालय खोलिएको अर्का सञ्चालक तथा कम्पनी सचिव राजेन्द्र कुवरले जानकारी दिए । । कलिला बालबालिकाहरुको मनोविज्ञान बुझेर उचित वातारणमा पठन–पाठन गराइने सञ्चालकहरुले बताएका छन् । उनीहरुलाई गह्रौं झोला बोकेर आउनुपर्ने छैन । उनीहरुलाई रुचि अनुसारको अतिरिक्त क्रियाकलापमा सरिक गराइने कुँवरले बताए ।विशुद्ध व्यवहारिक, जीवनउपयोगी र प्रयोगात्मक शिक्षामा हाम्रो जोड हुने उल्लेख गर्दै अध्यक्ष भुसालले भने,‘प्रकृतिसंग रमाउने, घरायशी र वातानुकुलित अवस्थामा रमाइरमाइ पढ्न पाउने गरी बालमैत्री वातावरणमा पठनपाठन गराइने छ ।
विद्यार्थीहरुलाई स्कुलमै फुटसल, स्वीमिङपुल र गार्डेनमा रमाउने व्यवस्था हुनेछ । उनीहरुको सुरक्षा व्यवस्थालाई सिसी टिभीबाट निगरानी गरिने छ र सुरक्षा गार्डको व्यवस्था गरिने छ । साथै उनीहरुको नियमित रुपमा स्वास्थ्य चेकजाँच गरिने छ । बिहान घरमै लिन जाने र बेलुका घरमै पुराइने छ । बिहानको हाइजेनिक खाजादेखि खाना र दिउँसोको खाजापछि एसीजडित बसबाट बेलुका घरमा पु¥याइने छ ।
सेन्टजोनकै शिक्षकसमेतबाट पठनपाठन हुने गरी सञ्चालनमा ल्याइएको हो । यहा“ अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण कायम गरिने छ । सेमी बोडस र अन्तर्राष्ट्रिय स्तरमा स्मार्ट बोर्डमार्फत कक्षामा पठनपाठन हुने छ ।
शिक्षण संस्थामा हाइजेनिक ब्रेकफास्ट, लञ्ज र स्न्याक्स विद्यालय परिसरमै फूटशल, स्वीमिङपूललगायत सम्पूर्ण अतिरिक्त क्रियाकलापको व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला र कम्प्युटर प्रयोगशालाको व्यवस्था गरिएको छ । साथै हामीले ई–लाइब्रेरीको व्यवस्था गरेको निर्देशक गौतमले जानकारी दिए । एकेडेमीमै बालबालिकाहरुलाई नृत्य, गायन र योगाका कक्षाहरुसमेत सञ्चालन गरिने अध्यक्ष भुसालले जानकारी दिए ।यो नमस्ते एकेडेमीमा हामी विभिन्न क्षेत्रका युवा उद्यमी, समाजसेवीहरु गरी २१ जनाको लगानी रहेको जानकारी अध्यक्ष भुसालले बताए ।
साढे दुई विगाहा क्षेत्रफलमा बनेका विभिन्न आधुनिक भवनहरुमा एसी जडित ६६ वटा कोठाहरु रहेका छन् । हामीले विद्यार्थीहरुलाई विद्यालय ल्याउन र घरसम्म पु¥याउन पा“च वटा एसी बस खरिद गरिसकेका छौँ भने थप बसहरु खरिदको प्रक्रियामा रहेका छन् । यस एकेडेमीमा हालसम्म ४० करोडभन्दा धेरै लगानी भइसकेको छ । हामीले यसलाई अझ व्यवस्थित बनाउन थप लगानी वृद्धि गर्नुपर्ने भएकाले कुल लगानी ५० करोड पुग्ने हामीले अनुमान गरेका छौँ निर्देशक गौतमले जानकारी दिए ।